२०७९ चैत्र १३
March 27, 2023, Monday

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणासँग १३ जना न्यायाधीशले आज भेट्दै,राजीनामा दिन दबाब दिने

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणासँग १३ जना न्यायाधीशले आज भेट्दै,राजीनामा दिन दबाब दिने

काठमाडौं ।  प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणासँग १३ जना न्यायाधीशले आज भेट्दै औपचारिक रूपमै राजीनामा दिन दबाब दिने भएका छन् ।

उनीहरूले केहीबेरमा प्रधानन्यायाधीश जबरालाई उनकै कार्यकक्षमा भेट्दैछन् । भेटघाटका लागि अहिले बिहान साढे ११ बजेको समय तय भएको छ ।

त्यसमा काठमाडौंबाहिर रहेका दुई न्यायाधीश अनिलकुमार सिन्हा र सपना मल्ल प्रधानले पनि आफूहरूको सहमति भएको इमेल पठाएका छन् । वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा प्रधानन्यायाधीश राणालाई भेट्ने र त्यहाँ अर्का न्यायाधीश डा. आनन्दमोहन भट्टरार्ईले राजीनामाको प्रस्ताव राख्ने भएका छन् ।

 प्रधानन्यायाधीश जबरा न्यायिक विचलन, भागबन्डा, सौदाबाजी र भ्रष्टाचारमा संलग्न भएको भन्दै सार्वजनिक रूपमा मागिएको उनको राजीनामाप्रति सर्वोच्चकै न्यायाधीशहरूसमेत ‘कन्भिन्स’ भएको देखिन्छ ।

 न्यायपालिका लामो समयदेखि अनपेक्षित विवादबाट गुज्रनु अनपेक्षित थियो । तलका अदालतमा समेत देखिएका नियुक्तिलगायतका असन्तुष्टिहरू र सर्वोच्च अदालतमा न्यायसम्पादनसमेतमा देखिएका समस्याहरू आन्तरिक रूपमा नेतृत्वको पहलमा निकास निकाली समाधान गर्न सकारात्मक पहल हुनु आवश्यक थियो । 

गत भदौ १६ गतेदेखि नै सर्वोच्च अदालतमा गोलाप्रथा लागू गर्ने घोषणा गरेका जबराले उच्च अदालतका मुख्य न्यायाधीशहरूको बैठकमा भने गोलाप्रथाको चर्को आलोचना गरेका थिए । 

प्रधानन्यायाधीश जबराका गलत कदमका कारणले न्यायालयको स्वतन्त्रतामा सम्झौता भएकाले उनको राजीनामा आउनुपर्ने माग भइरहेका बेला जबराले विषयान्तर गर्ने प्रयास गरेको भन्दै आइतबार सर्वोच्च अदालतमा उपस्थित सबै १४ जना न्यायाधीशले त्यस्तो बैठक बहिष्कार गर्ने निर्णय गरे ।

Related News

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदै
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदै
  • २०७८ कार्तिक ९, मंगलवार १०:४३ गते

काठमाडौ, क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा अन्तिम सुनुवाइका लागि आज (सोमबार)का लागि पेशी तोकिएको छ। जिल्ला अदालत काठमाडौंमा...

कांँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक, मन्त्री र उपनिर्वाचन उम्मेदवार टुङ्ग्याउने
कांँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक, मन्त्री र उपनिर्वाचन उम्मेदवार टुङ्ग्याउने
  • २०७८ कार्तिक ९, मंगलवार १०:४३ गते

काठमाडौ, नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक मंगलबार बिहान ९ बजेका लागि...

मन्त्रिपरिषद् विस्तारमा भएको सकस हटेन, मन्त्री नहुँदा काम भद्रगोल
मन्त्रिपरिषद् विस्तारमा भएको सकस हटेन, मन्त्री नहुँदा काम भद्रगोल
  • २०७८ कार्तिक ९, मंगलवार १०:४३ गते

काठमाडौं, मन्त्रिपरिषद् विस्तारमा सकस देखिएको छ । विश्वासको मत लिएको ८ दिन वितिसक्दा पनि प्रधामन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गर्न...

TOP