२०७९ आश्विन ११
September 27, 2022, Tuesday

सर्वोच्च अदालतका न्यायाधीशहरुले आज प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई भेट्ने

सर्वोच्च अदालतका न्यायाधीशहरुले आज प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई भेट्ने

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले आज प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई भेट्ने भएका छन् ।

वरिष्ठतम न्यायाधीश दीपक कार्कीसहित १३ जना न्यायाधीश सोमवार दिनभर छलफलमा बसेका थिए । उनीहरुले फुलकोर्ट बहिस्कार गरेकोमा नेपाल बार एशोसियसनले समेत निन्दनीय भनेको छ।

‘भेटघाटमा के–के विषयवस्तु उठाउने भनेर हामीले तयारी गरेका छौं । तर भेटघाट हुनुअघि ती विषय बाहिर नल्याउने सहमति भएको छ’ सर्वोच्च अदालतका एक न्यायाधीशले भने, ‘उहाँको रवैया कस्तो हुन्छ, त्यसका आधारमा हामी फेरि छलफल गरेर उपयुक्त निष्कर्षमा पुग्नेछौं ।’

भेटघाटको विषयवस्तु तय गर्न सोमबार सर्वोच्च अदालतका १३ जना न्यायाधीश छलफलमा जुटेका थिए ।स्रोतका अनुसार प्रधानन्यायाधीशसँगको छलफलमा एकजनाले मात्र बोल्ने आचारसंहिता बनाइएको छ । 

Related News

मनास्लुमा हिउँ पहिरो-१३ जना बेपत्ता, १० भन्दा बढी घाइते
मनास्लुमा हिउँ पहिरो-१३ जना बेपत्ता, १० भन्दा बढी घाइते
  • २०७८ कार्तिक ९, मंगलवार ०९:३९

काठमाडौं। गोरखाको मनास्लु हिमालमा हिउँ पहिरो जाँदा १० जनाभन्दा बढी घाइते भएका छन्। १३ जना बेपत्ता भएका छन्। चुमनुब्री गाउँपालिका...

निर्वाचन आयोगले एमाले र गठबन्धनसहित सबै दलको बन्दसूची सच्याएर पठाउन गर्यो पत्राचार
निर्वाचन आयोगले एमाले र गठबन्धनसहित सबै दलको बन्दसूची सच्याएर पठाउन गर्यो पत्राचार
  • २०७८ कार्तिक ९, मंगलवार ०९:३९

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि ४८ वटै दलले पेस गरेको बन्दसूची नमिलेको निर्वाचन आयोगले जनाएको छ...

अछाम एकीकृत समाजवादीको जिल्ला कमिटी नै एमालेमा समाहित
अछाम एकीकृत समाजवादीको जिल्ला कमिटी नै एमालेमा समाहित
  • २०७८ कार्तिक ९, मंगलवार ०९:३९

अछाम, नेकपा एकीकृत समाजवादी पार्टीको अछाम जिल्ला कमिटी पूरै एमालेमा समाहित भएको छ। सोमबार एमाले पार्टी कार्यालय च्यासलमा जिल्ला कमिटी...

TOP