२०८१ बैशाख ७
April 19, 2024, Friday

बढ्दै सेयर बजार,तीन दिनमा करिब २ सय अंंकले बढ्यो

बढ्दै सेयर बजार,तीन दिनमा करिब २ सय अंंकले बढ्यो

काठमाडौं । लगातार तेस्रो कारोबार दिन पनि सेयर बजारमा हरियाली छाएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ७८.८२ अंकले वृद्धि हुँदा २७५१.०७ अंकमा बन्द भएको छ ।

मंगलबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्सेमा २२७ कम्पनीको ११ करोड चार लाख ८६ हजार १२३ कित्ता सेयर किनबेच हुँदा कुल ६ अर्ब ३१ करोड ८३ लाख बराबरको कारोबार भएको छ । सोमबार चार अर्ब ३० करोड ८८ लाख बराबरको कारोबार भएको थियो ।

एकोहोरो बढ्ने वा घट्ने मात्र हुँदैन । जोखिम बहन क्षमता, होल्ड गर्न सक्ने अवधिलाई पनि ख्याल गर्न विज्ञहरुले सुझाव दिने गरेका छन् । अहिले लाभांशको सिजन चलिरहेको छ । कम्पनीहरुले धमाधम लाभांश प्रस्ताव गरी बुक क्लोज मितिसमेत तय गरिरहेका छन् । कतिपयको साधारण सभाको मिति समेत तय भएको छ ।

आज कारोबार भएका कम्पनीमध्ये सात कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, १३ कम्पनीको सेयर मूल्य नौ प्रतिशत भन्दा बढीले बढेको छ भने दुई कम्पनीको सेयर मूल्य आठ प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।

नेप्सेका अनुसार आज माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

Related News

महसुल नतिरेपछि सम्राट सिमेन्टको काटियो विजुली
महसुल नतिरेपछि सम्राट सिमेन्टको काटियो विजुली
  • २०७८ कार्तिक ९, मंगलवार १६:२२ गते

घोराही, वैशाख ५ गते। दाङको सतबरियामा रहेको सम्राट सिमेन्ट उद्योगले विद्युत महसुल नबुझाएपछि बिजुली काटिएको छ। सम्राट सिमेन्ट उद्योगले करिब ६...

१२ वर्षमा २८ हजार ७५० मेगावाट विद्युत उत्पादन हुन्छ
१२ वर्षमा २८ हजार ७५० मेगावाट विद्युत उत्पादन हुन्छ
  • २०७८ कार्तिक ९, मंगलवार १६:२२ गते

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बस्नेतले १२ वर्षमा २८ हजार ७५० उत्पादन दाबी गरेका छन् । जलविद्युत आयोजना निर्माण...

सुप्रिम सहकारी पीडित आन्दोलित
सुप्रिम सहकारी पीडित आन्दोलित
  • २०७८ कार्तिक ९, मंगलवार १६:२२ गते

बुटवल– सुप्रिम बचत तथा सहकारी संस्थाका पीडितहरू आन्दोलनमा उत्रेका छन् । संस्थाका पूर्व अध्यक्ष गितेन्द्रबाबु राईसहितका व्यक्तिलाई पक्राउको माग गर्दै...

TOP