२०८० चैत्र १५
March 28, 2024, Thursday

बार सल्लाहकारहरुले भने:जबराले राजीनामा नदिए देशव्यापी आन्दोलन गर्छाैँ

बार सल्लाहकारहरुले भने:जबराले राजीनामा नदिए देशव्यापी आन्दोलन गर्छाैँ

 काठमाडौं । नेपाल बार एशाेसिएसन सल्लाहकार समितिका सदस्यहरुले विवादित बनेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले अबिलम्ब राजीनामा नदिए आन्दोलन गर्नुपर्ने सुझाव दिएका छन् ।

मंगलबार बसेको बैठकमा उपस्थित ३७ मध्ये ३६ जनाले प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिनुपर्ने र राजीनामा नदिए सुरुमा सर्वोच्च अदालतमा र क्रमशः देशभर आन्दोलन गर्नुपर्ने बार सल्लाहकार समिति सदस्यहरुको सुझाव छ ।

बैठकपछि वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले भने.’सल्लाहकार समिति सहितको बैठकमा ३७ जनाले सुझाव दिने क्रममा ३६ जनाले राजीनामा माग्नुपर्छ भनेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अबिलम्ब राजीनामा गर्नुपर्छ भन्ने ९९ दशमलव ५ प्रतिशत सुझाव रह्यो । कार्यसमिति बसेर निर्णय गर्छ र नेपाल बारको त्यो सुझावको आधारमा अबिलम्ब राजीनामा गर्नुभएन भने देशव्यापी रुपमा आन्दोलन गर्नुपर्छ भन्ने छ,’।

Related News

जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने
जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने
  • २०७८ कार्तिक ९, मंगलवार १७:०९ गते

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) बागमती प्रदेशले आगामी चैत २४ गते विशाल जनप्रदर्शनसहित प्रदेश भेला गर्ने...

समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
  • २०७८ कार्तिक ९, मंगलवार १७:०९ गते

काठमाण्डौ – सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।  मङ्गलवारसम्म २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको भूमि...

रास्वपाबाट अलग भए रमेश खरेल
रास्वपाबाट अलग भए रमेश खरेल
  • २०७८ कार्तिक ९, मंगलवार १७:०९ गते

रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएका छन् । केन्द्रीय सदस्य रहेका खरेल बुधबार राजीनामा बुझाएका हुन् ।...

TOP