काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा आज सुनुवाइ भएको छ । अरु इजलासमा भने सुनुवाइ हुन सकेको छैन । सोमबार र मङ्गलबार कुनै पनि मुद्दामा सुनुवाइ हुन सकेको थिएन ।
प्रधानन्यायाधीश राणाले आफ्नो एकल इजलाससहित अन्य न्यायाधीशलाई पनि पेसी तोक्नुभएको छ । ती कुनै पनि बेन्चमा सुनुवाइ भएको छैन । पेशीमा तोकिएको ठाउँमा बेन्च बस्न नसकेको भनेर उल्लेख गरिएको छ । प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशहरुले इजलास सुनुवाइ गर्न इन्कार गर्नुभएको छ ।
प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशको रुपमा जिम्मेवारी दिएकाले त्यो पूरा गर्न आफू सक्षम रहेको बताउनुभएको छ । उहाँले न्यायाधीशहरुलाई संविधान र कानूनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रहसमेत गर्नुभएको छ । अदालतमा बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । त्यसले गर्दा पालोमा टाढा–टाढाबाट आएका सेवाग्राही मर्कामा परेका छन् ।रासस
काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...
काठमाडौ, आज (शनिबार) पनि देशभर मौसम बदली भएको छ भने देशका विभिन्न स्थानमा वर्षा जारी छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्...
काठमाडौ, आसन्न प्रतिनिधिसभा उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीनजना उम्मेदवारले आज पत्रकार सम्मेलनको आयोजना गर्दैछन् । १०...