२०७९ चैत्र १०
March 24, 2023, Friday

लक्जम्बर्गमा युरोपेली देशका उर्जामन्त्रीहरुको बैठक सम्पन्न

लक्जम्बर्गमा युरोपेली देशका उर्जामन्त्रीहरुको बैठक सम्पन्न

काठमाडौं। युरोपेली देशका उर्जामन्त्रीहरुको बैठक मंगलबार लक्जम्बर्गमा सम्पन्न भएको छ । सो बैठकमा उहाँहरुले हालैका दिनहरुमा विश्वमा उर्जामा भएको मुल्यबृद्धिका विषयमा कुराकानी गर्नुभएको थियो ।

उहाँहरुले हाल विश्वमा उर्जाको मुल्य बृद्धि भइरहेको विषयमा छलफल गर्दै आगामी दिनमा मुल्य बृद्धि हुन नदिन यसका उपायहरुका बारेमा आवश्यक छलफल गरेको बताइएको छ ।

उहाँहरुले सो छलफलका क्रममा जलवायु परिवर्तनसम्बन्धी नीतिहरुको पनि समिक्षा गर्नुभएको थियो । साथै विश्वमा जलवायु परिवर्तनको असर कम गर्नका लागि स्वच्छ उर्जाको प्रयोग पनि उर्जाको मुल्य बृद्धि रोक्नका लागि एक उपाय हुन सक्ने विषयमा छालफल गर्नुभएको थियो ।

विश्वमा उर्जाको खपत बढिरहेका अवस्थामा वैकल्पिक एवं स्वच्छ उर्जा प्रयोगका सम्भावनाहरुको खोजी गर्नुका साथै जलवायु परिवर्तनको असर के कसरी कम गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल गर्नुभएको थियो ।रासस

Related News

मानहानी मुद्दामा दोषी ठहर भएका राहुल गान्धीको सांसद पद पनि गयो
मानहानी मुद्दामा दोषी ठहर भएका राहुल गान्धीको सांसद पद पनि गयो
  • २०७८ कार्तिक १०, बुधबार १३:५४ गते

एजेन्सी, भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीको सांसद पद गएको छ । चार वर्ष पुरानो मानहानि मुद्दामा दोषी ठहर भएको...

आपराधिक मानहानी मुद्दामा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय
आपराधिक मानहानी मुद्दामा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय
  • २०७८ कार्तिक १०, बुधबार १३:५४ गते

एजेन्सी, सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको छ । सन् २०१९...

अफगानिस्तानमा ६ दशमलव ६ म्याग्नेच्युटको भूकम्प
अफगानिस्तानमा ६ दशमलव ६ म्याग्नेच्युटको भूकम्प
  • २०७८ कार्तिक १०, बुधबार १३:५४ गते

एजेन्सी, अफगानिस्तानको फैजावाद केन्द्रबिन्दू भएर शक्तिशाली भूकम्प गएको छ । ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पको धक्का भारतको राजधानी नयाँ...

TOP