काठमाडौं । वागमती प्रदेशमा भोलि दिउँसो ३ बजे भित्र नयाँ मुख्यमन्त्रीका लागि दावी पेस गर्न आव्हान गरिएको छ ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार दिउँसो ३ बजेसम्म मुख्यमन्त्री पदमा दावी गर्न आह्वान गरेका छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले बहुमतको अर्को सरकार गठनका लागि आह्वान गरेका हुन् ।
प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्ति गर्न दावी पेश गर्न आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयकका प्रवक्ताकृष्ण प्रसाद आचार्यले बताए ।
काठमाडौ, सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (आइतबार) बस्दै छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार...
काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...
काठमाडौ, आज (शनिबार) पनि देशभर मौसम बदली भएको छ भने देशका विभिन्न स्थानमा वर्षा जारी छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्...