२०८० चैत्र १६
March 29, 2024, Friday

प्रधानमन्त्रीले भने-परमादेश जारी गर्ने सबै न्यायाधीशलाई हटाउनुपर्छ भन्ने गैरजिम्मेवार कुरा गर्नु उचित हुँदैन

प्रधानमन्त्रीले भने-परमादेश जारी गर्ने सबै न्यायाधीशलाई हटाउनुपर्छ भन्ने गैरजिम्मेवार कुरा गर्नु उचित हुँदैन

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतको बारेमा धेरै बोल्न नमिल्ने बताएका छन् ।

प्रधानमन्त्री देउवाले परमादेशको सवाललाई उठाएर सर्वोच्च अदालतका सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोशसमेत व्यक्त गरेका छन् ।

नेपाल तरुण दलले बुधबार बालुवाटारस्थित आफ्नै सरकारी निवासमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले न्यायालयको सम्बन्धमा उठेका सवालहरूबारे सत्तारूढ गठबन्धनमा छलफल गरेर अघि बढ्ने पनि स्पष्ट पारे ।

 प्रधानमन्त्री देउवाले अदालतमा देखिएको समस्या समाधान गर्ने काम अदालतकै भएको तर्कसमेत गरे ।

‘परमादेश ल्याउने सबैलाई हटाउनुपर्दछ भन्ने गैरजिम्मेवार कुरा गर्नु उचित हुँदैन जस्तो लाग्दछ मलाई । अरुकुरा धेरै केही भन्नु छैन तपाईंहरुलाई । हाम्रो गठबन्धन ५ पार्टीको जो छ, जे उठेका सवालहरु छन्–न्यायालय सम्बन्धमा । सरसल्लाह, छलफल गर्नेछौं । यसमा धेरै कुरा छैन । मैले तपाईंहरुलाई भनेको भन्यै छु । हमाल हाम्रो पार्टीको मान्छे हो । विचरा, बस्न नसक्ने भएपछि राजीनामा दिए । यो कुरा सिद्धिइसकेको थियो, तर कुरा उठाएका उठाएकै छन । अदालतको बारेमा हामीले धेरै बोल्ने कुरा छैन । अदालतले जे गर्छ, त्यो अदालतको कुरा हो,’ उनले भने ।

Related News

जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने
जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने
  • २०७८ कार्तिक १०, बुधबार १४:१० गते

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) बागमती प्रदेशले आगामी चैत २४ गते विशाल जनप्रदर्शनसहित प्रदेश भेला गर्ने...

समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
  • २०७८ कार्तिक १०, बुधबार १४:१० गते

काठमाण्डौ – सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।  मङ्गलवारसम्म २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको भूमि...

रास्वपाबाट अलग भए रमेश खरेल
रास्वपाबाट अलग भए रमेश खरेल
  • २०७८ कार्तिक १०, बुधबार १४:१० गते

रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएका छन् । केन्द्रीय सदस्य रहेका खरेल बुधबार राजीनामा बुझाएका हुन् ।...

TOP