२०७९ माघ १९
February 2, 2023, Thursday

आम निर्वाचनमा गठबन्धन हुँदैन : नेत्री कोइराला

आम निर्वाचनमा गठबन्धन हुँदैन : नेत्री कोइराला

काठमाडौं । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले आगामी आम निर्वाचनमा नेपाली कांग्रेसको कुनै पनि दलसँग गठवन्धन नहुने बताउनुभएको छ ।

आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “गठवन्धनका विषयमा कुरा उठेको छैन । कांग्रेस एक्लै निर्वाचन लड्नुपर्छ ।” कांग्रेस ऐतिहासिक पार्टी भएकाले यस विषयमा छलफल गरेर मात्र निर्णय लिनुपर्ने उहाँको भनाइ छ ।

फरक प्रसङ्गमा उहाँले कांग्रेसको महाधिवेशन तोकिएको समयमै हुने बताउनुभयो । उहाँले भन्नुभयो, “सभापतिले अब अधिवेशन समयमा नै हुन्छ भन्नुभएको छ । विश्वास गर्नुप¥यो । समयमा नै अधिवेशन हुनुपर्छ ।” महाधिवेशनमा आफ्नो उम्मेदवारी के हो भन्ने विषयमा उहाँले आफू छलफलमै रहेको बताउनुभयो । राजनीतिमा परिवारभन्दा पनि विचार कोसँग मिल्छ भन्ने कुरा ठूलो रहेको बताउँदै उहाँले आफ्नो उम्मेदवारी समय आएपछि मात्र जानकारी दिने बताउनुभयो ।

कांग्रेसभित्रको गुटबन्दी अन्त्य गर्दै आम निर्वाचन लक्षित हुनु आवश्यक रहेको पनि उहाँले बताउनुभयो । पछिल्लो समय प्रधानन्यायाधीशमाथि भइरहेको चौतर्फी आलोचनाप्रति उहाँले भन्नुभयो, “यसले प्रजातन्त्रलाई कमजोर बनाउँछ ।”रासस

Related News

सूचनाको हक प्रवर्द्धन गरेर मात्रै सुशासन प्रत्याभूत गराउन सकिन्छ : प्रधानमन्त्री दाहाल
सूचनाको हक प्रवर्द्धन गरेर मात्रै सुशासन प्रत्याभूत गराउन सकिन्छ : प्रधानमन्त्री दाहाल
  • २०७८ कार्तिक ११, बिहीबार १७:०४ गते

काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...

रास्वपाका चितवन सभापति सापकोटाले दिए राजीनामा
रास्वपाका चितवन सभापति सापकोटाले दिए राजीनामा
  • २०७८ कार्तिक ११, बिहीबार १७:०४ गते

काठमाडौ, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन सभापति धर्मेन्द्र सापकोटाले राजिनामा दिएका छन् । पार्टी भित्र व्यक्तिवाद चरम रुपमा...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
  • २०७८ कार्तिक ११, बिहीबार १७:०४ गते

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई...

TOP