२०८० चैत्र १६
March 29, 2024, Friday

एमाले स्थायी कमिटी बैठक आज ४ बजे बस्दै

एमाले स्थायी कमिटी बैठक आज ४ बजे बस्दै

काठमाडौं । नेकपा एमालेले आज स्थायी कमिटी बैठक बोलाएको छ । दसौँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि अपराह्न ४ः०० बजे ललितपुरस्थित तुलसीराम स्मृति प्रतिष्ठानमा बैठक बोलाइएको हो ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा भर्खरै सम्पन्न गरिएका वडा कमिटी र पालिका कमिटीको समीक्षा तथा महाधिवेशन प्रतिनिधि चयनका लागि मापदण्ड तथा कार्यतालिकाका विषयमा छलफल हुने छ ।

एमालेले यही कात्तिक ६ गते वडा कमिटी र ९ गते पालिकास्तरको अधिवेशन सकेको छ । एमालेको १० औँ महाधिवेशन यही मङ्सिर १० देखि १३ गतेसम्म चितवनमा हुँदैछ ।रासस

Related News

जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने
जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने
  • २०७८ कार्तिक ११, बिहीबार ०९:४२ गते

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) बागमती प्रदेशले आगामी चैत २४ गते विशाल जनप्रदर्शनसहित प्रदेश भेला गर्ने...

रास्वपाबाट अलग भए रमेश खरेल
रास्वपाबाट अलग भए रमेश खरेल
  • २०७८ कार्तिक ११, बिहीबार ०९:४२ गते

रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएका छन् । केन्द्रीय सदस्य रहेका खरेल बुधबार राजीनामा बुझाएका हुन् ।...

दीपक कार्की बने वन तथा वातावरण राज्यमन्त्री
दीपक कार्की बने वन तथा वातावरण राज्यमन्त्री
  • २०७८ कार्तिक ११, बिहीबार ०९:४२ गते

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्री दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्रीको कार्यभार सम्हाल्ने गरी तोकेका छन् ।  प्रधानमन्त्री पुष्पकमल दाहाल...

TOP