२०७९ चैत्र १०
March 24, 2023, Friday

अर्ली इलेक्सन’मा जान जरुरी छैन: अध्यक्ष नेपाल

अर्ली इलेक्सन’मा जान जरुरी छैन: अध्यक्ष नेपाल

काठमाडौं ।  सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समयअगावै प्रतिनिधिसभा निर्वाचन अर्ली इलेक्सन मा जानु जरुरी नभएको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा ‘अर्ली इलेक्सन’बारे सञ्चारकर्मीको जिज्ञासामा उहाँले अगावै चुनाव गर्नु आवश्यक नरहेको भन्दै स्थानीय, प्रदेश र सङ्घीय चुनाव एकै पटक गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, “किन अर्लीमा जानु रु अर्लीमा जानु जरुरी छैन । मिल्छ कि मिल्दैन छलफल गर्नुपर्ला, कानूनी जटिलता छ की छैन थाहा छैन, पाँच दलमा छलफल भएको पनि छैन तर मलाई लागेको चाँही सबै चुनाव एकैपटक गराउनुपर्छ भन्ने हो ।” निर्वाचन खर्च र राष्ट्रको सम्पत्ति जोगाउनका लागिसमेत निर्वाचन छुट्टाछुट्टै गर्न नहुनेमा उहाँले जोड दिनुभयो ।

माओवादी केन्द्रसँग तत्काल पार्टी एकता सम्भव नभएको भन्दै अध्यक्ष नेपालले एकीकृत समाजवादीलाई चुनावसम्म बलियो र शक्तिशाली पार्टी बनाइने जिकिर गर्नुभयो । “वामपन्थी पार्टी मिलुन्, सबै कम्युनिष्ट एक ठाउँमा आउन् भन्ने चाहना केही व्यक्तिको होला । त्यो राम्रो कुरा पनि हो तर माओवादीसँग तत्काल एकता सम्भव छैन । चुनाव अघि हामी एकता होइन यो पार्टीलाई बलियो र शक्तिशाली बनाएर अघि बढ्छौँ ।” उहाँले भन्नुभयो ।

एमालेमा फर्किने कुरामा कल्पना समेत नगरिएको बताउँदै अध्यक्ष नेपालले अहिले एमालेमा बसेकाको बेहाल भएको र भविष्यसमेत नरहेको जिकिर गर्नुभयो । एकीकृत समाजवादीलाई विचार र नीतिप्रधान पार्टी बनाउँदै सर्वहारा श्रमजीवी जनताको पार्टीका रुपमा स्थापित गरिने र आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनसँग मिलेर अघि बढ्ने उहाँको भनाइ थियोे ।रासस

Related News

बागमती सरकारबाट बाहिरियो एमाले, मन्त्रीले दिए सामूहिक राजिनामा
बागमती सरकारबाट बाहिरियो एमाले, मन्त्रीले दिए सामूहिक राजिनामा
  • २०७८ कार्तिक १२, शुक्रबार १३:०१ गते

हेटौंडा, बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक...

जनगणना २०७८ : तराईमा बढ्दै, पहाड र हिमालमा घट्दै
जनगणना २०७८ : तराईमा बढ्दै, पहाड र हिमालमा घट्दै
  • २०७८ कार्तिक १२, शुक्रबार १३:०१ गते

काठमाडौं, जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा बढ्दै जाँदा पहाड र हिमालको जनसंख्या भने खुम्चँदै गएको छ । आज शुक्रबार सार्वजनिक...

गण्डकी सरकाकरलाई दिएको सर्मथन फिर्ता लियो माओवादीले, एमालेका मुख्यमन्त्री अल्पमतमा
गण्डकी सरकाकरलाई दिएको सर्मथन फिर्ता लियो माओवादीले, एमालेका मुख्यमन्त्री अल्पमतमा
  • २०७८ कार्तिक १२, शुक्रबार १३:०१ गते

पोखरा, गण्डकी प्रदेश सरकारको मुख्य साझेदार नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। समर्थन फिर्तासँगै दुई...

TOP