२०७९ चैत्र १३
March 27, 2023, Monday

चितवन कुरुक्षेत्र हुँदैछ,यहाँ ठूलो लडाइँ हुँदैछ,महाभारत हुँदैछ:प्रचण्ड

चितवन कुरुक्षेत्र हुँदैछ,यहाँ ठूलो लडाइँ हुँदैछ,महाभारत हुँदैछ:प्रचण्ड

काठमाडौं ।  पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आउँदो चुनाव पनि चितवनबाटै लड्ने भनाइ दोहोर्‍याएका छन् ।

प्रचण्ड’ले देशमा फेरि एकपटक माओवादी आतंक देखिएको बताएका छन्। शुक्रबार बिहान भरतपुरमा आयोजित चाडपर्वहरुको शुभकामाना आदानप्रदान र कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै दाहालले भने, ‘चुनाव आउँदैछ र यो चुनाव आउँछ जान्छ भन्ने मात्रै ठानिएको छ भने त्यो सही हैन । यहाँ ठूलो लडाइँ हुँदैछ । महाभारत हुँदैछ ।’

प्रचण्डले जिन्दगीभर प्रधानमन्त्री बन्ने सपना बोकेर बालुवाटारमा भव्य दरबार बनाउँदै गरेका ओलीसामु माओवादीले ठूलो आतंक सृजना गरेको दाबी गरे।

बालुवाटारमा प्रधानमन्त्री निवास दरबारजस्तो बन्दैछ, प्रधानमन्त्रीको निजी कार्यालय त्यस्तै दरबार बन्दैछ। हामीलाई त अहिले थाहा भयो केपी ओलीले त त्यो दरबार जिन्दगीभरि छोड्नु पर्दैन भनेर थाइल्याण्ड, इटलीबाट महँगो सामान ल्याएर राखेका रहेछन्, शेरबहादुरजी पनि दंगै पर्नुभएको छ त्यो देखेर,’ प्रचण्डले भने, ‘राजै भएँ दरबार छोड्नु पर्दैन भन्ने भएको रहेछ।’

Related News

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदै
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदै
  • २०७८ कार्तिक १२, शुक्रबार १३:०९ गते

काठमाडौ, क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा अन्तिम सुनुवाइका लागि आज (सोमबार)का लागि पेशी तोकिएको छ। जिल्ला अदालत काठमाडौंमा...

कांँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक, मन्त्री र उपनिर्वाचन उम्मेदवार टुङ्ग्याउने
कांँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक, मन्त्री र उपनिर्वाचन उम्मेदवार टुङ्ग्याउने
  • २०७८ कार्तिक १२, शुक्रबार १३:०९ गते

काठमाडौ, नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक मंगलबार बिहान ९ बजेका लागि...

मन्त्रिपरिषद् विस्तारमा भएको सकस हटेन, मन्त्री नहुँदा काम भद्रगोल
मन्त्रिपरिषद् विस्तारमा भएको सकस हटेन, मन्त्री नहुँदा काम भद्रगोल
  • २०७८ कार्तिक १२, शुक्रबार १३:०९ गते

काठमाडौं, मन्त्रिपरिषद् विस्तारमा सकस देखिएको छ । विश्वासको मत लिएको ८ दिन वितिसक्दा पनि प्रधामन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गर्न...

TOP