२०८० जेष्ठ २२
June 5, 2023, Monday

बागमती प्रदेश सरकारले ११९ विद्यार्थीलाई प्राविधिक विषय पढाउने

बागमती प्रदेश सरकारले ११९ विद्यार्थीलाई प्राविधिक विषय पढाउने

काठमाडौं । बागमती प्रदेश सरकारले ११९ विद्यार्थीलाई सरकारको खर्चमा प्राविधिक विषय पढाउने भएको छ ।

बिहीबार साँझ नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेकोे नेतृत्वमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेशका ११९ वटै पालिकाका एसइई उत्तीर्ण गरेका दलित, लोपोन्मुख तथा पिछडिएका वर्गबाट छनोट गरी ११९ विद्यार्थीलाई सरकारको खर्चमा प्राविधिक विषयमा अध्ययनको व्यवस्था मिलाउने निर्णय गरेको हो ।

सो कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयले आगामी १५ दिनभित्र कार्यविधि तयार पारेर पेश गर्नसमेत सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइएको आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालले बताउनुभयो । सरकारले प्रदेशका सबै पालिकाबाट विद्यार्थी छनोट गरी इच्छाएको विषय अध्ययन गर्ने व्यवस्था मिलाउने र अध्ययनपश्चात सम्बन्धित पालिकामा सरकारले ताकेको निश्चित समय सेवा गर्नुपर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुनमन्त्री खनाललाई नियुक्त गर्ने निर्णय गरेको छ । नेकपा ९एकीकृत समाजवादी०का तर्फबाट पहिलोपटक सत्ता सम्हाल्नुभएका मुख्यमन्त्री पाण्डेलाई बिहीबार नै प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथग्रहण गराउनुभएको थियो ।

मुख्यमन्त्री पाण्डेको सिफारिसमा प्रदेश प्रमुख शर्माले सामाजिक विकासमन्त्रीमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका उपनेता कुमारी मोक्तान, भौतिक पूर्वाधार विकासमन्त्रीमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता कृष्णलाल भडेल र आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नेकपा एकीकृत समाजवादी बागमती प्रदेशका संसदीय दलका उपनेता कृष्णप्रसाद खनाललाई पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको थियो । रासस

Related News

कोरियाबाट पिएचडी गरी फर्केका २१ जनालाई सम्मान
कोरियाबाट पिएचडी गरी फर्केका २१ जनालाई सम्मान
  • २०७८ कार्तिक १२, शुक्रबार ०९:३६ गते

कोरियाबाट नानो टेक्नोलोजीमा विद्यावारिधि गरेर स्वदेश फर्कनु भएका २१ जनालाई आज काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको छ ।...

वालिङ क्याम्पस प्रकरण : प्राध्यापकहरुबाट बिशेष साधरणसभाको माग
वालिङ क्याम्पस प्रकरण : प्राध्यापकहरुबाट बिशेष साधरणसभाको माग
  • २०७८ कार्तिक १२, शुक्रबार ०९:३६ गते

वालिङ बहुमुखी क्याम्पस संचालक समितिले क्याम्पसलाई आर्थिक संकटकाल घोषणा गरेपछि प्राध्यापकहरु असन्तुष्ट देखिएका छन् । प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल वालिङ...

छोरी शिक्षा बढाउन र बालविवाह रोक्न पुरस्कार
छोरी शिक्षा बढाउन र बालविवाह रोक्न पुरस्कार
  • २०७८ कार्तिक १२, शुक्रबार ०९:३६ गते

छोरी शिक्षालाई बल पुर्‍याउन र बालविवाह रोक्न मटिहानी नगरपालिकाले विशेष कार्यक्रम शुरु गरेको छ । विद्यालय र क्याम्पसमा पढ्ने छोरीको...

TOP