काठमाडौं महोत्तरीमा बोक्साबोक्सी भएको आरोपमा देवरभाउजूलाई कुटपिट र दुर्व्यवहार गरिएको छ।
बोक्साको आरोपमा एक पुरुषमाथि कुटपिट गर्नुका साथै मलमूत्र खुवाइएको छ । औरही नगरपालिकाका ९ का ५५ वर्षीय रुपसी ठाकुर लोहारलाई छिमेकीले बोक्साको आरोप लगाउँदै कुटपिट गर्दै मलमूत्र खुवाएका हुन् ।
प्रहरीका अनुसार महोत्तरीको औरही नगरपालिका ९ अवलेशरामा ५० वर्षीय झप्सी ठाकुर र उनकी भाउजू ५५ वर्षीया सुनैना देवीलाई बिहीबार साँझ बोक्साबोक्सीको आरोप लगाउँदै कुटपिट गरी मलमूत्र खुवाइएको हो।
स्थानीयका अनुसार साँझ सवा ६ बजे ४० वर्षीया शीलादेवी मण्डल, उनका छोरा १६ वर्षीय रामउदेश मण्डल, ३५ वर्षीय दुखियादेवी र उनका छोरा १५ वर्षीय कृष्ण मण्डलले दुवैजनालाई कुटपिट गरी मलमूत्र खुवाएका हुन्।महोत्तरी प्रहरीका प्रवक्ता डीएसपी प्रकाश विष्टका अनुसार घटना बिहीबार साँझको हो ।
सुरुमा दुवै पक्षबीच आपसमा गालीगलौज भएको थियो । त्यसपछि एक समूहले लोहारलाई मलमुत्र खुवाएका थिए । घटनामा संलग्न एक महिला पक्राउ परेकी छन् ।
काठमाण्डौ । मकवानपुरको राष्ट्रिय मा.वि व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर तामाङले शिक्षकमा जागिर लगाइदिने भन्दै एक दृष्टि विहीन व्यक्तिसँग पाँच...
काठमाण्डौ । कोरोनाको महामारीका कारण विश्वले नै आर्थिक सङ्कट बेहोर्नुपर्यो । विश्वको सबै राष्ट्रमा लकडाउन थियो । लकडाउनले नेपालमा त...
काठमाण्डौ । भारतको विहारमा घर किनिदिने भन्दै बारम्बार पैसा लिएर फरार भएको व्यक्तिलाई खोज्दै राधा देवी भुजेलले नेपाल आएकी छन्...