काठमाडौं । समाचार संकलन गरिरहेका बेला पत्रकार कुशलव केसी माथी भक्तपुरको बालकोटमा खुकुरी प्रहार भएको छ ।
आर्थिक कारोवारको विषयमा सार्वजनिक स्थलमा दुई पक्षका बीचमा झगडा भएपछि समाचार संकलन गर्न गएका पत्रकार केसीमाथी विहिवार खुकुरी प्रहार भएको हो ।
झगडामा संलग्न एउटा पक्षका एक पुरुषले पत्रकार केसीको दाहिने पाखुरामा खुकुरी प्रहार गरेर घाइते बनाएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । उहाँसँगै अन्य दुई जनालाई पनि ती व्यक्तिले खुकुरी प्रहार गरेर घाइते बनाएको र सवै जनाको भक्तपुरस्थीत नागरिक अस्पतालमा उपचार गरिएको छ । आफ्नो ठगी धन्दा पर्दाफास हुने भएपछि बदमासी लुकाउन ठगीमा संलग्न भएको आरोप लागेका व्यक्तिको तर्फबाट खुकुरी प्रहार भएको पत्रकार केसीले बताउनुभयो ।
घटनास्थलमा पुगेको प्रहरी टोलीले घाइते भएको देखेको र स्थानीय तथा प्रत्यक्षदर्शीहरुले खुकुरी प्रहार भएको बताएपनि कारबाही र अनुसन्धानको प्रक्रिया सुरु गरेको छैन । फौजदारी अपराधमा पनि प्रहरीले उजुरी मागेर आलटाल गरिरहेको घाइतेहरुले बताएका छन् । विहिवार बेलुका जाहेरी दर्ता गर्न खोज्दा ठिमीस्थीत प्रहरी कार्यालयले कार्यालय समयमा आउनु पर्ने जवाफ दिएको पत्रकार केसीले बताउनुभयो । दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न शुक्रबार जाहेरी दर्ता गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
अनलाइन टीभी पत्रकार संघका उपाध्यक्ष समेत रहेका केसीमाथी खुकुरी प्रहार भएकोप्रति संघले कडा आपत्ति प्रकट गरेको छ । संघका महासचिव पवन फुयालद्धारा जारी विज्ञप्तीमा दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै आगामी दिनमा यस्ता घटना नदोहोरिने सुनिश्चितता गर्न आग्रह गरिएको छ ।
हेर्नुहाेस भिडियाे:
अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै ल्याइएको तीन किलो दुई सय ३९ ग्राम गाँजा र दुई सय ६८ दशमलव २१०...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा अवैधरुपमा सुन तस्करी भएको विषयमा उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि...
संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको दुई छोराले...