२०८० चैत्र १६
March 29, 2024, Friday

माओवादीले देशको भविष्य निर्माण गर्छ : ‘प्रचण्ड’

माओवादीले देशको भविष्य निर्माण गर्छ : ‘प्रचण्ड’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले नै देशको भविष्य निर्माण गर्ने बताउनुभएको छ । माओवादी केन्द्र भरतपुर महानगर समितिले आज यहाँ आयोजना गरेको चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले माओवादी देशको केन्द्रबिन्दु वन्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “तपाईहरुलाई अब माओवादी सिद्धियो–सिद्धियो भन्ने लाग्यो होला तर त्यस्तो होइन फेरि एक पटक माओवादी पार्टीनै यो देशको भविष्य निर्माता बनेर आउँछ ।” माओवादीले मात्र देशको रक्षा र जनताको हितमा काम गर्ने उहाँको भनाइ थियो । आगामी आमनिर्वाचनबाट माओवादी देशको नेतृत्व गर्ने पार्टीको रुपमा आउने भन्दै उहाँले सबै कार्यकर्तालाई हृदयदेखि सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “म त हाम फालेकै छु हाम फालिराख्छु । तपाईहरु लाग्नुस् ।”

माओवादी सरकारमा हुँदा वा नहँुदा जुनसुकै समयमा पनि जनताकै बीचमा रहेर जनअपेक्षाअनुसार काम गरेको दाबी उहाँले गर्नुभयो । उहाँले आफू राजनीति र जनताको कामबाट नथाक्ने र कहिल्यै नभाग्ने बताउनुभयो । उहाँले आफू चितवनबाट कतै नभाग्ने पनि बताउनुभयो ।

उहाँले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीप्रति इङ्गित गर्दै भन्नुभयो, “प्रचण्ड भाग्छ भनेर आत्मरतिमा नरमाउनुस् ।” एमालेको महाधिवेशन चितवनमा हुने भएपछि अब प्रचण्ड भाग्छ र कालीकोट या बर्दिया जान्छ भन्ने भित्रभित्रै प्रचार गरिएको उहाँको भनाई थियो । उहाँले भन्नुभयो, “मैले अस्ति यहाँ आएर भनिसकेको छु, म कतै जान्न अब । म चितवन छोड्दिन र विकासका काममा थाक्दिन पनि ।”

माओवादी केन्द्रका महानगर इञ्चार्ज रेनु दाहालको अध्यक्षमा सम्पन्न कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी केन्द्रमा प्रवेश गर्नेलाई अध्यक्ष दाहालले स्वागत गर्नुभएको थियो ।रासस

Related News

जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने
जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने
  • २०७८ कार्तिक १२, शुक्रबार १४:२७ गते

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) बागमती प्रदेशले आगामी चैत २४ गते विशाल जनप्रदर्शनसहित प्रदेश भेला गर्ने...

रास्वपाबाट अलग भए रमेश खरेल
रास्वपाबाट अलग भए रमेश खरेल
  • २०७८ कार्तिक १२, शुक्रबार १४:२७ गते

रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएका छन् । केन्द्रीय सदस्य रहेका खरेल बुधबार राजीनामा बुझाएका हुन् ।...

दीपक कार्की बने वन तथा वातावरण राज्यमन्त्री
दीपक कार्की बने वन तथा वातावरण राज्यमन्त्री
  • २०७८ कार्तिक १२, शुक्रबार १४:२७ गते

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्री दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्रीको कार्यभार सम्हाल्ने गरी तोकेका छन् ।  प्रधानमन्त्री पुष्पकमल दाहाल...

TOP