काठमाडौं । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता शम्भु थापाले नेपाल बारले राजीनामा मागिसकेपछि प्रधानन्यायाधीले तुरुन्त राजीनामा दिनुपर्ने बताएका छन् ।
नेपाल बार एसोसिएसनले राणाको राजीनामा माग गर्दै सर्वोच्च अदालतमा आजदेखि सुरु गरेको धर्ना कार्यक्रममा थापाले राणाको मूल्यांकनका लागि पूर्वप्रधानन्यायाधीशको इजलास गठन गर्न प्रस्ताव गरेका हुन् ।
‘यदि तपाईँ (प्रधानन्यायाधीश) आफ्नो काम कारबाहीको मूल्यांकन गर्न सक्नुहुन्न भने पूर्वप्रधानन्यायाधीशको एउटा इजलास गठन गरौँ । तपाईँ एकातिर हामी एकतिर उभिन्छौँ । अनि थाहा भैहाल्छ’, थापाले भने ।
न्यायालय पशुपतिनाथजस्तै पवित्र संस्था भएको र त्यहाँभित्रको मूल भट्ट प्रधानन्यायाधीश भएको उनको भनाइ छ । “मूल भट्टले पूजा गर्नुपर्ने जुन विधि–प्रक्रिया हो, त्यसैअनुरूप पशुपतिनाथको पूजा–अर्चना गरिन्छ, त्यसरी नै तपाईंले न्यायालयको पूजा गर्नुभएको छैन । त्यसकारण तपाईंले पदबाट राजीनामा दिनुपर्छ भनेका छौँ,” उनले भने, “हामीले प्रधानन्यायाधीशको व्यक्तिगत कुरा गरिरहेका छैनौँ, सार्वजनिक व्यक्तिवमाथि कुरा गरिरहेका छैनौँ, हामीले न्यायालयलाई पूजा गरिरहेका छौँ । तपाईं एक वर्ष कार्यकालभरि बसिरहे नेपाल बारले कार्यक्रम गरिरहन्छ ।”
काटमाडौं, मोटरसाइकल पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने विषयमा भौतिक पूर्वाधार मन्त्रालयमा छलफल भएपछि पक्ष र विपक्षमा बहस शुरु भएको...
काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...
काठमाडौ, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन सभापति धर्मेन्द्र सापकोटाले राजिनामा दिएका छन् । पार्टी भित्र व्यक्तिवाद चरम रुपमा...