काठमाठाैँ। पत्रकारितलाई थप व्यवस्थित गराउनका लागि पहल चाल्न भन्दै महान्यायाधिवक्ताको ध्यानाकर्षण गरिएको छ ।
इन्टनरेटको माध्यमबाट भइरहेको पत्रकारितलाई थप व्यवस्थित गराउनका लागि पहल चाल्न भन्दै महान्यायाधिवक्ताको ध्यानाकर्षण गरिएको हाे।
इन्टरनेटको माध्यमबाट नेपालमा भइरहेका पत्रकारिताको अभ्यासलाई व्यवस्थीत गर्न आइतबार अनलाइन टीभी पत्रकार संघ नेपालले एक विज्ञप्ती जारी गर्दै विभिन्न कार्य गर्नुपर्ने देखिएको बताएको छ।
संघका अध्यक्ष जीवन भण्डारीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, विषेश गरेर युट्युवलगायतका माध्यममा देखिएका समस्या समाधान गर्न सरोकारवालाहरुले गृहकार्य गरिरहेका छन । यसलाई युग सुहाउदो, लोकतान्त्रीक शासन व्यवस्था अनुसार व्यवस्थापन गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ । तर अहिले नियन्त्रणवादी सोँचका आधारमा यसका प्रयोगकर्ताहरुलाई दुःखदिने काम भइरहेको छ । त्यसलाई तत्काल रोक्न हार्दिक अनुरोध गर्दछौँ ।
अध्यक्ष भण्डारीद्वारा जारी विज्ञप्तीमा समाचार बनाएकै आधारमा चरित्र हत्या, गाली वेइज्यती र दुव्र्यवहारका मुद्धा लगाउन निरुत्साहित गर्नुपर्ने, आफ्ना कुकृत्यहरु सार्वजनिक गर्ने पत्रकारहरुलाई आपराधिक व्यक्तिहरुले झुटा मुद्धा लगाउने र उजुरी दिने गरेकाले त्यस्ता पात्रले नियोजित रुपमा ल्याएका मुद्धा तथा उजुरी पहिचान गरी अस्विकार गर्नुपर्ने लगायतका कुराहरु उल्लेख गरिएको छ।
अध्यक्ष भण्डारीद्वारा जारी विज्ञप्तीमा अनलाइन पत्रकारितलाई व्यवस्थित विभिन्न कार्य गर्नुपर्ने भन्दै महान्याधिवक्ताको ध्यानाकर्षण गरिएको हो ।
अनलाइन पत्रकारिता व्यवस्थित गर्न विज्ञप्तीमा उल्लेख आवश्यक कार्यहरु
समाचार बनाएकै आधारमा चरित्र हत्या, गाली वेइज्यती र दुव्र्यवहारका मुद्धा लगाउन निरुत्साहित गर्नुपर्ने,
आफ्ना कुकृत्यहरु सार्वजनिक गर्ने पत्रकारहरुलाई आपराधिक व्यक्तिहरुले झुटा मुद्धा लगाउने र उजुरी दिने गरेकाले त्यस्ता पात्रले नियोजित रुपमा ल्याएका मुद्धा तथा उजुरी पहिचान गरी अस्विकार गर्नुपर्ने,
समाचारमा आरोपित व्यक्तिहरुले प्रतिषोधका लागि ल्याएका आधारहिन मुद्धा तथा उजुरी लिन नहुने,
अहिले अनलाइन टीभी पत्रकारहरुलाई नियोजित रुपमा दुःख दिनेगरी झुटा मुद्धा लगाउने कार्य भइरहेकाले त्यस्ता कार्य तत्काल बन्द गर्न यहाँको तर्फबाट निर्देशन हुनुपर्ने,
साइबर सम्वन्धी विषयलाई सवै प्रहरी कार्यालयले हैन, साइवर व्युरो मार्फत मात्रै प्रक्रिया अगाडि बढाउनु पर्ने,
सरकारी वकिलको कार्यालय र प्रहरी कार्यालयहरुले प्रेस काउन्सिलको क्षेत्राधिकारका विषयलाई उतै पठाउनु पर्ने,
इन्टरनेटका माध्यममा भइरहेका पत्रकारिता र गैह्रपत्रकारिता छुट्याउनु पर्ने र गैह्र पत्रकारिताको विषय मात्रै प्रहरीको क्षेत्राधिकार पर्ने,
पत्रकारिताभन्दा बाहिरका प्रयोगकर्ताहरुका लागि पनि इन्टरनेट प्लेटर्फम अभिव्यक्तिको माध्यम भएकाले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा असर नपर्ने तर्फ उच्च सतर्कता अपनाउनु पर्ने,
विद्युतीय कारोवार ऐनको धारा ४७ को दुरुपयोग तत्काल रोक्नु पर्ने, अपराध संहिताका आधारमा गर्नुपर्ने,
सिधै अदालत जानेभन्दा पनि सच्चिदै सचेत गराउने तर्फ केन्द्रीत हुनुपर्ने,
काठमाडौं, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री...
काठमाडौ, सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (आइतबार) बस्दै छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार...
काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...