काठमाडौं । पूर्वसभामुख तथा वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाले न्यायपालिकाको गरिमा रक्षा गर्न आन्दोलनमा उत्रनुपरेको बताएका छन् ।
ढुंगानाले संविधानले परिकल्पना गरेका संस्थाहरु बिटुलिन थालेकाले शुद्धीकरण अभियान शुरु गरेको बताएका छन् ।
आइतबार नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै शुरु गरेको धर्नामा सहभागी भएका उनले अहिले न्यायपालिका खतरामा रहेको अनुभव भएको बताए ।
‘संविधानले निर्माण गरेका संस्थाहरु संविधानको अपेक्षा बमोजिम चलेका छैनन्, नेतृत्वमा भएकाहरुले कानुन र आचारसंहिता बमोजिम काम गर्न सकेका छैनन्’ उनले भने, ‘न्यायपालिका खतरामा रहेको अनुभव भएको छ ।’
आफूहरुले न्यायालयबाट शुद्धीकरण अभियान शुरु गरेको भन्दै वरिष्ठ अधिवक्ता ढुंगानाले आफूहरुको मुख्य उद्देश्य संविधान र प्रजातन्त्रको रक्षा गर्ने रहेको बताए ।
‘न्यायलय मात्र होइन संविधानमा परिकल्पना गरेका संस्थाहरु विटुलिन थालेका छन् । त्यसको शुद्धीकरणका लागि न्ययालयबाट शुरु गरेका छौं’ उनले भने ।
१३ असार, काठमाडौं । सरकारले नेपालमा रहेका र विगतमा विभिन्न कारणले परिचयपत्र पाउनबाट छुटेका शरणार्थीहरुलाई परिचयपत्र दिने तयारी गरेको छ...
लमजुङ । तत्काल मल उपलब्ध गराउन राष्ट्रिय प्रजातन्त्र पार्टी लमजुङले सरकारलाई ध्यानाकर्षण गराउन कृषि ज्ञान केन्द्र लमजुङमा एक घण्टे धर्ना...
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित २७ जना नेताहरु संसदमा आधा पनि उपस्थित नभएको पाइएको छ...