काठमाडौं । न्यायालय सुधारका लागि भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले सर्वाेच्च अदालतमा कालोपट्टी बाँधेर धर्ना सुरु गरेको छ ।
उनीहरुले आजदेखि बुधबारसम्म कालोपट्टी बाँधेर काम थाल्ने जनाएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै उनीहरु आन्दोलनमा होमिएका हुन् ।
नेपाल बार एसोसिएसनका महासचिव लिलामणि पौडेलले आजदेखि शुक्रबारको निर्णय अनुसार आफूहरू धर्नामा गएको बताए ।
कानुन व्यवसायीहरुले कालो पट्टी बाँधेर सर्वोच्च अदालत प्रांगढमा धर्ना दिइरहेका छन् । प्रदर्शनलाई लक्षित गरी सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले एक घण्टाभित्र मन्त्रीमण्डल पुनार्गठन हुने बताएका छन् । पार्टीका नेताहरूलाई...
काठमाडौँ – भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९र८० का लागि रु ६ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । यही असार...
काठमाडौं । नेकपा एमाले नेता गोकुल बास्कोटाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई उनि नेता नभएर च्यातिएको टालो मात्र...