२०८१ बैशाख ४
April 16, 2024, Tuesday

अबैध लागूऔषध सहित ६ जना पक्राउ

अबैध लागूऔषध सहित ६ जना पक्राउ

काठमाडौं । धनगढी उपमहानगरपालिका-१ बुद्धमार्गस्थित सडकबाट ४ ग्राम १ सय मिलिग्राम अबैध लागूऔषध हेरोईन जस्तो देखिने पदार्थ सहित सोही नगरपालिका-८ बस्ने २४वर्षीय बसन्त चौधरी लगायत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाप्रहरी कार्यालय कैलालीबाट खटीएको प्रहरीले जाँच गर्ने क्रममा पैदलयात्रा गरिरहेका उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

वीरेन्द्रनगर नगरपालिका-८ सुकुम्बासी टोल बस्ने १८ वर्षीय किशोर सहित ३ जनालाई ६ सय ५० मिलिग्राम अबैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ र नगद४ हजार ४ सय ८० रूपैयाँ सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त ठाउँमालागूऔषधको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाटखटीएको प्रहरीले उक्त पदार्थ र नगद सहित फेला पारी नियन्त्रणमा लिएको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Related News

भोलिबाट काठमाडौँका यी क्षेत्रमा ६ घण्टा बिजुली जाने
भोलिबाट काठमाडौँका यी क्षेत्रमा ६ घण्टा बिजुली जाने
  • २०७८ कार्तिक १४, आईतवार १४:३८ गते

काठमाडौँ, वैशाख ४ गते । काठमाडौँ उपत्यकाका यी क्षेत्रहरूमा भोलि (बुधवार) बाट वैशाख ८ गते सम्म ६ घण्टा बिजुली कटौती हुने...

सहकारीका बचतकर्ताको प्रश्न– हामी गरिब, दुःखीको सुनुवाइ कहिले हुन्छ ?
सहकारीका बचतकर्ताको प्रश्न– हामी गरिब, दुःखीको सुनुवाइ कहिले हुन्छ ?
  • २०७८ कार्तिक १४, आईतवार १४:३८ गते

काठमाडौं।सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सोमबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनका क्रममा सहकारी वचतकर्ताहरुले दुःखेसो पोखेका छन् ।पत्रकार सम्मेलनका क्रममा...

आगो निभाउने क्रममा एकको मृत्यु
आगो निभाउने क्रममा एकको मृत्यु
  • २०७८ कार्तिक १४, आईतवार १४:३८ गते

गुल्मी, वैशाख ३ गते । गुल्मीमा जङ्गलमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । यस जिल्लाको मुसिकोट नगरपालिका–...

TOP