२०७९ चैत्र ९
March 23, 2023, Thursday

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । कास्की, पोखरा महानगरपालिका-३० सैनिक बस्ती बस्ने ३१ वर्षीय बिक्की गुरुङ समेत २ जनालाई नियन्त्रित लागूऔषध २० एम्पुल डाईजापाम, २० ऐम्पुल फेनारगन र २० ऐम्पुल नुर्फिन सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनले घरमा अवैध लागूऔषधकोकारोबार गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

सिरहा, लहान नगरपालिका-९ बस्ने ६५ वर्षीय देब नारायण चौधरीलाई करिब ९ सय ग्राम अवैध लागूऔषध गाँजा सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनको किराना पसलमा अबैध लागूऔषध गाँजा बिक्री भइरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उक्त पसल जाँच गर्ने क्रममा पसलभित्र लुकाई राखेको उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Related News

दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु
दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु
  • २०७८ कार्तिक १५, सोमबार १४:१३ गते

दैलेख, दैलेख सुर्खेत सडक खण्डको तालपोखरीमा मिनि ट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ । नेपालगन्जदेखि मनकामना ग्याँस...

१९०२ मेगावाटको मुगु कर्णाली अघि बढाउने तयारी, भारतीय कम्पनीसँग सम्झौता हुँदै
१९०२ मेगावाटको मुगु कर्णाली अघि बढाउने तयारी, भारतीय कम्पनीसँग सम्झौता हुँदै
  • २०७८ कार्तिक १५, सोमबार १४:१३ गते

काठमाडौ, सरकारले मुगु कर्णालीलाई जलाशययुक्त जलविद्युत् आयोजनालाई अघि बढाउने तयारी गरेको छ। अध्ययन भएका आयोजनामध्ये यो सबैभन्दा ठूलो जलविद्युत् आयोजना...

वैदेशिक रोजगारीमा रहेका र स्वरोजगार नेपाली आजदेखि सामाजिक सुरक्षा योजनामा
वैदेशिक रोजगारीमा रहेका र स्वरोजगार नेपाली आजदेखि सामाजिक सुरक्षा योजनामा
  • २०७८ कार्तिक १५, सोमबार १४:१३ गते

काठमाडौं, सरकारले वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगार रहेका नेपाली श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा जोड्दै छ । श्रम,...

TOP