विराटनगर । आज प्रदेश १ को प्रदेश सभा बैठक बस्दैछ । बैठकमा मुख्यमन्त्री भीम प्रसाद आचार्यले यसअघिकै बैठकमा टेबुल गरेको विश्वासका मतसम्बन्धी प्रस्तावमा मत विभाजन हुने कार्यसूची छ ।
मुख्यमन्त्रीमा आचार्यले नै निरन्तरता पाउने वा नयाँ मुख्यमन्त्री बन्छन् भनेर टुंगो लाग्नेछ ।मुख्यमन्त्री आचार्य पार्टीभित्र छलफलमा जुटेका छन् । प्रदेश १ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले आचार्यलाई मुख्यमन्त्रीबाट बिदा गर्ने सन्देश दिइसकेका छन् । विपक्षी गठबन्धनले मुख्यमन्त्रीमा नेकपा (एस) प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईलाई अगाडि सार्ने निर्णय गरिसकेको छ ।
भीम आचार्य भदौ १० गते मुख्यमन्त्री बनेका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानबमोजिम विभिन्न मुलुकका लागि राजदूत नियुक्त गरेका छन् । राष्ट्रपतिले विभिन्न देशका लागि छ आवासीय राजदूत...
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपीमाथिको थुनछेक बहस आजवाट शुरु हुँदैछ । हालसम्म पक्राउ परेका सबै १८ जनाको बयान सम्पन्न...
भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार इन्दौरमा भव्य स्वागत गर्ने तयारी गरिएको छ । विशेष विमानमार्फत...