२०७९ मंसिर १६
December 2, 2022, Friday

नेपाल–भारतमैत्री बससेवा पुन: सञ्चालनमा

नेपाल–भारतमैत्री बससेवा पुन: सञ्चालनमा

 काठमाठाैँ। कोरोना महामारीका कारण प्रभावित हुँदै आएको नेपाल–भारतमैत्री बससेवा दुई वर्षपछि पुनः सञ्चालनमा आएको छ । नेपालगञ्जस्थित भेरी यातायात प्रालिले यहाँबाट भारतको राजधानी दिल्ली, उत्तर प्रदेशको राजधानी लखनऊ, देहरादुन र हरिद्वारका लागि नेपाल–भारत यात्रुमैत्री बससेवा सञ्चालन गर्दै आएको थियाे।

कोरोनाको त्रास कम भएसँगै सीमानाकामा दुवै देशबाट सवारी यातायात आवागमन अनुमति भएकाले आइतबारदेखि नेपाल–भारत यात्रुमैत्री बससेवा पुनः सुरु गरिएको भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोरोना भाइरस महामारीले गर्दा दुई वर्षदेखि मैत्री बससेवा बन्द गर्नुपरेको थियो । बससेवा बन्द हुँदा व्यवसायीलाई ठूलो आर्थिक नोक्सानी हुनुका साथै यात्रुले समेत सास्ती व्यहोर्नुपरेको थियो । लामो समयदेखि रोकिएको बस सेवा पुनः सञ्चालन भएपछि भारतको राजधानी दिल्ली, उत्तर प्रदेशको राजधानी लखनऊ, देहरादुन र हरिद्वार जाने नेपालीलाई सहज हुने भएको छ । सीधा यातायात सेवा सञ्चालन नहुँदा कामको खोजीमा भारत जाने र भारतबाट घर फर्किने नेपालीहरु धेरै ठाउँमा ठगिने गरेका थिए ।

बससेवा सञ्चालन भएपछि अब सीमावर्ती भारतीय बजार रुपैडिहालगायतका भारतीय सहरमा भारतबाट घर फर्किने नेपाली लुटिने तथा ठगिने घटना रोकिने होटल व्यवसायी महासङ्घ बाँकेका अध्यक्ष भीम कँडेलले जानकारी दिनुभयो ।

मैत्री बस सञ्चालन भएपछि भारतका विभिन्न सहरमा यात्रा गर्नेलाई सुरक्षित र सहज यात्रा गर्ने अवसर मिलेको उहाँको भनाइ छ । रोकिएको मैत्री बससेवा सुरु भएपछि भारतबाट फर्किने नेपालीहरू सीधा नेपालगञ्ज आउने भएकाले यहाँका होटल तथा व्यापार व्यवसायमा समेत प्रत्यक्षरूपमा फाइदा पुग्ने उहाँले बताउनुभयो ।

नेपालगञ्जबाट भारतको लखनऊ स्वास्थ्योपचारका लागि दैनिकजसो ठूलो सङ्ख्यामा नेपाली नागरिक जाने गरेका छन् । त्यसलाई लक्षित गरेर हरेक दिन बिहान ८ बजे नेपालगञ्जबाट बस छुट्ने र लखनऊबाट नेपालगञ्जका लागि राति ८ बजे बस छुट्ने व्यवस्था मिलाइएको भेरी यातायात प्रालिका अध्यक्ष गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार दिल्लीका लागि नेपालगञ्जबाट साँझ ५ बजे र दिल्लीबाट नेपालगञ्जका लागि पनि साँझ ५ बजे तथा देहरादुन र हरिद्वारका लागि नेपालगञ्जबाट राति ८ बजे बस छुट्ने गरेका छन् ।रासस

Related News

मतदान अधिकृतले जे मुचुल्का बनाएका छन, सोही अनुसार नयाँ मुचुल्का बनाएर बाजुरामा मतगणना पुनः सुरू
मतदान अधिकृतले जे मुचुल्का बनाएका छन, सोही अनुसार नयाँ मुचुल्का बनाएर बाजुरामा मतगणना पुनः सुरू
  • २०७८ कार्तिक १५, सोमबार ०९:४७ गते

बाजुरा, बाजुरामा मतगणना पुनः सुरू भएको छ। मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार रोकिएको प्रतिनिधि र प्रदेशसभा दुवैतर्फको मत गणना...

धनगढीमा विद्यार्थी आन्दोलनले उग्र रुप लियो, डेढ दर्जन सेल अश्रुग्याँस प्रहार
धनगढीमा विद्यार्थी आन्दोलनले उग्र रुप लियो, डेढ दर्जन सेल अश्रुग्याँस प्रहार
  • २०७८ कार्तिक १५, सोमबार ०९:४७ गते

धनगढी, जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञा तोडेर विद्यार्थी प्रदर्शनमा उत्रिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन डेढ दर्जन सेल अश्रुग्याँस...

स्याङ्जा- २ मा २,१७१ मतले पछि परिन् पद्मा अर्याल
स्याङ्जा- २ मा २,१७१ मतले पछि परिन् पद्मा अर्याल
  • २०७८ कार्तिक १५, सोमबार ०९:४७ गते

स्याङ्जा , स्याङ्जा २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन्। पछिल्लो मतपरिणाम अनुसार १४ हजार ३०६...

TOP