काठमाडौं । बेञ्च बहिष्कार गरिरहेका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणको मुद्दा हेरेका छन् ।
प्रधानन्यायाधीशमा विचलन देखिएको भन्दै राजीनामा मागेका र ८ दिनदेखि उनीविरूद्ध विद्रोह गरेका न्यायाधीशले आजैदेखि बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्ने भएको एक न्यायाधीशले बताए।
६ वटामध्ये न्यायाधीश कुमार रेग्मीको एकल इजलासले बन्दी प्रत्यक्षीकरणको मुद्दामा कारण देखाऊ आदेश जारी गरिसकेको छ ।
बाँकी ५ वटा संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरणका मुद्दाको सुनुवाइ भइरहेको छ ।
काठमाडौं, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री...
काठमाडौ, सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (आइतबार) बस्दै छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार...
काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...