२०७८ माघ ४
January 18, 2022, Tuesday

माल्दिभ्सबाट कोरोना भाइरसविरुद्धको खोप एस्ट्राजेनिका नेपाल आइपुग्यो

माल्दिभ्सबाट कोरोना भाइरसविरुद्धको खोप एस्ट्राजेनिका नेपाल आइपुग्यो

काठमाडौं ।   माल्दिभ्सबाट कोरोना भाइरसविरुद्धको खोप एस्ट्राजेनिका नेपाल आइपुगेको छ । माल्दिभ्स सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको दुई लाख एक हजार ६०० मात्रा खोप गए राति काठमाडौँ आइपुगेको हो । 

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका अनुसार ती खोपलाई अहिले टेकुस्थित विभागको खोप भण्डारण कक्षमा राखिएको छ ।

उहाँले खोप लगाउन बाँकीलाई उक्त खोप लगाइने बताउनुभयो । नेपालमा अहिलेसम्म ८६ लाख ६८ हजार ५९२ जनालाई पहिलो मात्रा र ७१ लाख ८९ हजार ६८९ जनालाई पूर्ण मात्राको खोप लगाइसकेको छ । रासस

Related News

चितवनमा सय बढी चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
चितवनमा सय बढी चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
  • २०७८ कार्तिक १५, सोमबार १५:०३

काठमाडौं ।  जिल्लामा रहेका विभिन्न अस्पतालमा कार्यरत ११७ जना चिकित्सक एवं स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक...

सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत
सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत
  • २०७८ कार्तिक १५, सोमबार १५:०३

 काठमाडौं । सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका छन् ।  केहीबेरअघि बालुवाटारमा बसेको गठबन्धनको शीर्ष नेताहरूको बैठकले सो...

पेट्रोलियम पदार्थ खरिद गर्दै आएको भारतको इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिनुपर्ने पैसा अपुग
पेट्रोलियम पदार्थ खरिद गर्दै आएको भारतको इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिनुपर्ने पैसा अपुग
  • २०७८ कार्तिक १५, सोमबार १५:०३

काठमाडौं । पेट्रोलियम पदार्थ खरिद गर्दै आएको भारतको इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिनुपर्ने पैसा अपुग भएको नेपाल आयल निगमले जनाएको छ ।...

TOP