२०८१ श्रावण ९
July 24, 2024, Wednesday

व्यक्तिलाई टार्गेट गरेर चितवनमा महाधिवेशन गर्न लागेको होइन,प्रचण्ड डराउनु पर्दैन:पाण्डे

व्यक्तिलाई टार्गेट गरेर चितवनमा महाधिवेशन गर्न लागेको होइन,प्रचण्ड डराउनु पर्दैन:पाण्डे

चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले कुनै पार्टी वा व्यक्ति विशेषलाई टार्गेट गरेर राष्ट्रिय महाधिवेशन चितवनमा गर्न लागिएको आरोपको खण्डन गरेका छन् ।

 पाण्डेले व्यक्ति विशेषका कारण नेकपा (एमाले)ले चितवनमा महाधिवेशन नराखेको बताएका छन्।आज विहान भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता पाण्डेले केहि मानिसहरुको डराएको मनको अभिव्यक्तिका रुपमा त्यसलाई लिनसमेत अनुरोध गरेका छन् ।

 ‘‘नेकपा (एमाले) यत्रो ठूलो पार्टीले एउटा व्यक्ति विशेषलाई टार्गेट गर्दैन,’’ उनले भने, ‘‘देश नै लिएर हिँड्ने पार्टीले अन्य पार्टी विशेषलाई हेर्दैन ।’’

डराएको र हतोत्साही मनोवृत्तिका कारण प्रचण्डले त्यस्तो अभिव्यक्ति दिएको उनको भनाइ छ । ‘‘उहाँ आफैँ डराएको हो । डराउनुपर्ने म देख्दिनँ,’’ एमाले नेता पाण्डेले भने ।

Related News

‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
  • २०७८ कार्तिक १५, सोमबार १०:४० गते

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा राजनीतिक अस्थिरता पैदा भएको कारण विकास निर्माणका कामले गति लिन नसकेको...

कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
  • २०७८ कार्तिक १५, सोमबार १०:४० गते

काठमाडौं । प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस यतिबेला सडक आन्दोलनको तयारीमा छ । केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त...

न्यूनतम साझा कार्यक्रमकै आधारमा आगामी बजेट आउने
न्यूनतम साझा कार्यक्रमकै आधारमा आगामी बजेट आउने
  • २०७८ कार्तिक १५, सोमबार १०:४० गते

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले न्यूनतम साझा कार्यक्रममा टेकेर सरकार अगाडि बढेको बताएका छन् ।बिहीबार...

TOP