काठमाडौं । २५ सय अंकको तहबाट लगभग लगातारजसो बढेको बजारमा सोमबार सामान्य करेक्सन आएको छ । यस दिन नेप्से सूचक १७.७५ अंकले घटेर २८१९.८७ विन्दुमा अडिएको छ । सूचकमा करेक्सन देखिंदा खरिदबिक्री रकम भने उस्साहप्रद रहेको छ ।
२२६ कम्पनीको १३ करोड चार लाख तीन हजार ३१२ कित्ता सेयर खरिदबिक्रीमा आज सात अर्ब ७७ करोड ७५ लाख बराबरको कारोबार भयो । सोमबार सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको ३६ करोड ५८ लाख ७१ हजार २५९ रूपैयाँ १० पैसाको कारोबार भएको छ ।
आज नेप्सेमा गिरावट भए पनि बैंकिङ, होटेल तथा पर्यटन र लगानी उपसूचकमा भने वृद्धि भएको छ । बैंकिङ उपसूचक ०.२५ प्रतिशत, होटेल तथा पर्यटन उपसूचक ०.२३ प्रतिशत र लगानी उपसूचक ०.४३ प्रतिशतले बढेको छ ।
हाइड्रोपावर उपसूचकमा सवार्धिक २.३३ प्रतिशतको गिरावट हुँदा उत्पादनमूलक उपसूचक १.८१ प्रतिशत, लघुवित्त उपसूचक १.६२ प्रतिशत र वित्त कम्पनी उपसूचकमा १.६३ प्रतिशतको गिरावट भएको छ ।
हेटौंडा, बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक...
काठमाडौं, मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत...
काठमाडौं, जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा बढ्दै जाँदा पहाड र हिमालको जनसंख्या भने खुम्चँदै गएको छ । आज शुक्रबार सार्वजनिक...