२०७८ माघ ४
January 18, 2022, Tuesday

४९ सांसदको हस्ताक्षरसहित प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राईको दावी

४९ सांसदको हस्ताक्षरसहित प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राईको दावी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका संसदीय दलको नेता राजेन्द्र राईले प्रदेश १ को नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सरकार गठनकाे आह्वान गरेलगत्तै उनले ४९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् । उनलाई एकीकृत समाजवादीसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदको समर्थन रहेको छ ।

प्रदेशसभा बैठकमा भीम आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिँदै नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गरेका थिए ।

आचार्यको राजीनामा पछि प्रदेश प्रमुख अधिकारीले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि दाबी प्रस्तुत गर्न आह्वान गरेका थिए । राईले प्रदेशसभाका ४९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेस गरेको जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादवले जानकारी दिए । 

Related News

चितवनमा सय बढी चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
चितवनमा सय बढी चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
  • २०७८ कार्तिक १५, सोमबार १७:३९

काठमाडौं ।  जिल्लामा रहेका विभिन्न अस्पतालमा कार्यरत ११७ जना चिकित्सक एवं स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक...

सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत
सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत
  • २०७८ कार्तिक १५, सोमबार १७:३९

 काठमाडौं । सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका छन् ।  केहीबेरअघि बालुवाटारमा बसेको गठबन्धनको शीर्ष नेताहरूको बैठकले सो...

पेट्रोलियम पदार्थ खरिद गर्दै आएको भारतको इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिनुपर्ने पैसा अपुग
पेट्रोलियम पदार्थ खरिद गर्दै आएको भारतको इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिनुपर्ने पैसा अपुग
  • २०७८ कार्तिक १५, सोमबार १७:३९

काठमाडौं । पेट्रोलियम पदार्थ खरिद गर्दै आएको भारतको इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिनुपर्ने पैसा अपुग भएको नेपाल आयल निगमले जनाएको छ ।...

TOP