२०८१ बैशाख ७
April 19, 2024, Friday

सरकारले राम्रा कामको थालनी गरेको छ : डा महत

सरकारले राम्रा कामको थालनी गरेको छ : डा महत

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले सरकारले राम्रा कामको थालनी गरे पनि त्यसको प्रचार हुन नसकेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “यो नेपाली कांग्रेसको मात्र नभएर कांग्रेस नेतृत्वको गठबन्धन सरकार हो, मन्त्रिमण्डल विस्तारमा केही ढिलाइ भए पनि सरकारले राम्रा कामको थालनी गरेको छ, हामीले प्रचार गर्न नसकेको मात्र हो ।”

कांग्रेस नेतृत्वको यो सरकार निर्माण भएपछि कम्तीमा पनि एक करोड मात्रा कोरोनाविरुद्धको खोपको व्यवस्था गरेको र यसका कारण नेपालमा कोरोनाको प्रभाव कम भएको पनि उहाँले बताउनुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद बहादुरसिंह लामा तामाङद्वारा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै डा महतले सरकारले खोपको व्यवस्था गरेकाले नै देशमा महामारीको प्रभाव घटेको, उद्योग व्यवसाय सञ्चालन गर्न सकिएको बताउँदै महामारी पीडित व्यवसायीलाई सरकारले पुनःस्थापना प्याकेज ल्याएको बताउनुभयो ।

अघिल्लो ओली सरकारले जनाताका आवश्यकताअनुसार काम गर्न नसकी असफल भएपछि नेपाली नागरिकको इच्छाबमोजिम नै कांग्रेस नेतृत्वमा यो सरकार निर्माण भएको उहाँले स्पष्ट गर्नुभयो । अघिल्लो सरकारका समयमा महामारीबाट नागरिकलाई बचाउन स्पष्ट नीति र कार्यक्रम नभएको, भ्रष्टाचार मौलाएको र निर्वाचनका समयमा नागरिक सरकारसँग गरेका वाचाअनुसार सरकारले काम गर्न नसकेको आरोप उहाँले लगाउनुभयो ।

आगामी निर्वाचनमा कांग्रेसले स्पष्ट बहुमत ल्याएर सरकार निर्माण गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी आम निर्वाचन यही सरकारले गर्छ र नेपाली जनताले कांग्रेसलाई स्पष्ट बहुमत दिनेछन् । उहाँले आमनिर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन पनि दिनुभयो । उहाँले पार्टीको अधिवेशन लोकतन्त्रको आन्तरिक पद्धति भएकाले यसलाई प्रतिस्पर्धाको रुपमा नलिन आग्रह गर्नुभयो ।

पछिल्लो समय पाटीको अधिवेशनमा देखिएको गुटलाई लक्षित गर्दै “केही साथीहरुले पार्टीको अधिवेशनलाई जीवन मरणको लडाइँ ठानेका छन् । यो दुर्भाग्य हो” उहाँले भन्नुभयो । “म ठीक र अरु गलत भन्ने प्रवृत्ति त्याग्नुपर्छ । गालीगलौजको भाषा पार्टीलाई मान्य हुनेछैन । सहिष्णुता र सद्भाव कायम गर्नुर्पछ”, उहाँले भन्नुभयो “पार्टीको अधिवेशन एकताको लागि र आमनिर्वाचन विपक्षीसँगको प्रतिस्पर्धाका लागि हो भनेर सबै लाग्नुपर्ने उहाँले बताउनुभयो ।रासस

Related News

नवनियुक्त महालेखापरीक्षकले लिनुभयो शपथ
नवनियुक्त महालेखापरीक्षकले लिनुभयो शपथ
  • २०७८ कार्तिक १५, सोमबार १६:४४ गते

काठमाडौं, वैशाख ६ गते। नवनियुक्त महालेखापरीक्षक तोयम रायले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति...

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत
लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत
  • २०७८ कार्तिक १५, सोमबार १६:४४ गते

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री महराले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४८ मत परेको...

काठमाडौं महानगरपालिकाले राप्रपालाई कारवाही गर्ने चेतावनी
काठमाडौं महानगरपालिकाले राप्रपालाई कारवाही गर्ने चेतावनी
  • २०७८ कार्तिक १५, सोमबार १६:४४ गते

काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आन्दोलनको क्रममा जथाभावी फोहोर गरेको भन्दै कारवाही गर्ने चेतावनी दिएको छ । राजा फर्काउने आन्दोलनमा...

TOP