२०७९ चैत्र १३
March 27, 2023, Monday

कन्काईमा एक व्यक्ति मृत फेला

कन्काईमा एक व्यक्ति मृत फेला

काठमाडौं । झापाको कनकाई नगरपालिका– १ स्थित खेतको खोल्सीमा एकजना पुरुष मृत भेटिएका छन् ।

घर निर्माणमा कार्यरत सोही ठाउँका ४८ वर्षीय बेनुप्रसाद उप्रेती आज बिहान ६ बजेतिर खोल्सीमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ ।

प्रहरीका अनुसार हिजो दिउँसो ३ बजेदेखि बेपत्ता भएका उप्रेती घर नजिकैको खोल्सीमा आज बिहान मृत अवस्थामा फेला परेका थिए । माछा मार्न भन्दै घरबाट हिँडेका उप्रेतीको करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको हुनसक्ने स्थानीयवासीले आङ्शका गरेका छन् ।

घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

Related News

नागरिक उड्डयन प्राधिकरणले लगायो एयर इन्डियाका चालक दललाई प्रतिबन्ध
नागरिक उड्डयन प्राधिकरणले लगायो एयर इन्डियाका चालक दललाई प्रतिबन्ध
  • २०७८ कार्तिक १६, मंगलवार १३:४३ गते

काठमाडौँ, मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आइरहेको नेपाल एयरलाइन्स र दिल्लीबाट काठमाडौँ आइरहेको एयर इन्डियाको जहाज आकाशमा झन्डै ठोक्किएको घटनामा एयर इन्डियाका...

जनकपुरसहित मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ मनाइँदै
जनकपुरसहित मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ मनाइँदै
  • २०७८ कार्तिक १६, मंगलवार १३:४३ गते

जनकपुरधाम, जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ पर्व मनाइँदै छ । चार दिनसम्म नियम निष्ठापूर्वक मनाइने चैती छठको मूलविधि आज...

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदै
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदै
  • २०७८ कार्तिक १६, मंगलवार १३:४३ गते

काठमाडौ, क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा अन्तिम सुनुवाइका लागि आज (सोमबार)का लागि पेशी तोकिएको छ। जिल्ला अदालत काठमाडौंमा...

TOP