काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्देश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई एक छिन पनि पदमा बस्ने अधिकार नभएको बताएका छन् ।
श्रेष्ठले तत्काल राजीनामा दिन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई आग्रह गरेका छन् । उनले देशभरका कानुन व्यवसायी र जनता सडकमा उत्रिए सहज बहिर्गमन नहुने चेतावनी पनि प्रधानन्यायाधीश राणालाई दिए ।
‘देशभरका कानुन व्यवसायी र आमजनता सडकमा उत्रिए भने सहज बहिर्गमन हुन्छ कि राजीनामा दिएर जाँदा,’ उनले प्रश्न गर्दै भने, ‘भोलि महाअभियोग लगाएर निक्लिनु सहज र सम्मानजनक बहिर्गमन हुन्छ कि राजीनामा दिएर अहिले जाँदा आफैँ सोच्नुस् ।’
अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश राणाले न्यायपालिकालाई नै सिध्याउने खेलमा लागेको बताए । ‘न्यायपालिकालाई सिध्याउने खेल भएको छ । यसमा तपाईंको ठूलो हात छ,’उनले भने, ‘त्यसैले तुरुन्तै राजीनामा दिनुस् ।’
१३ असार, काठमाडौं । सरकारले नेपालमा रहेका र विगतमा विभिन्न कारणले परिचयपत्र पाउनबाट छुटेका शरणार्थीहरुलाई परिचयपत्र दिने तयारी गरेको छ...
लमजुङ । तत्काल मल उपलब्ध गराउन राष्ट्रिय प्रजातन्त्र पार्टी लमजुङले सरकारलाई ध्यानाकर्षण गराउन कृषि ज्ञान केन्द्र लमजुङमा एक घण्टे धर्ना...
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित २७ जना नेताहरु संसदमा आधा पनि उपस्थित नभएको पाइएको छ...