२०८० आश्विन ५
September 22, 2023, Friday

चालक अनुमतिपत्रको अनलाइन फारम पुनः अवरुद्ध

चालक अनुमतिपत्रको अनलाइन फारम पुनः अवरुद्ध

काठमाडौं ।  चालक अनुमतिपत्रको अनलाइन फारम सुरु भएको केही दिनमा नै प्राविधिक कारणले गर्दा अवरुद्ध भएको छ ।

कात्तिक ८ गते चालक अनुमतिपत्रको अनलाइन आवेदन खुलाइएको भए पनि १० गते नैसमस्याका कारण स्थगित भएको विभागले जनाएको छ । सफ्टवेयरमा समस्या आएपछि अहिले प्राविधिकले मर्मत गरिरहेको विभागका प्रवक्ता डा लोकनाथ भुषालले बताउनुभयो । जतिसक्दो चाँडो त्यसको समस्या समाधान गरेर सेवा चालू गर्न खोजिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले जतिसक्दो चाँडो भनेका छौँ कति दिन लाग्छ भन्न सकिँदैन ।”

अनुमतिपत्रका लागि आवेदन गर्दा नयाँ आवेदन र अर्को अनुमतिपत्र लिइसकेकाको वर्ग थपिने गरिएको छ । नयाँ अनुमतिपत्रका लागि आवेदन दिँदा समस्या भए पनि अर्को वर्ग थप्नेमा सबै विवरण भरेर फाइल बुझाउने समयमा समस्या देखिएको प्रवक्ता डा भुषालले बताउनुभयो । एकै पटक धेरै सेवाग्राहीले आवेदन भर्न खोजेकाले समस्या देखिएको हुनसक्ने उहाँले बताउनुभयो ।

नियमित रुपमा चालू नभएको सेवा खुलाउनाथ सेवाग्राहीको चाप हुने गरेको छ । विगतमा पनि अनलाइन फारम भर्दा पनि समस्या भइरहेको थियो । अहिलेको आवश्यकताअनुसार त्यसको क्षमता नभएको हुनसक्ने भन्दै प्राविधिकले ‘अपडेट’ गरिरहेको उहाँले बताउनुभयो ।

कोभिडका कारण झण्डै डेढवर्ष पहिलेदेखि अनुमतिपत्रको परीक्षा नियमित भइरहेको छैन । विसं २०७६ चैतदेखि सरकारले जारी गरेको बन्दाबन्दीका कारण परीक्षा स्थगित गरिएकामा झण्डै १० महिनापछि अनलाइन फारम खुलाइएको थियो ।

त्यो खुलाइएको केही समयपछि नै पुनः दोस्रो लहरका कारण पुनः सेवा स्थगित भयो । गत वैशाखदेखि काठमाडौँ उपत्यकाका तीनलगायतका जिल्लामा निषेधाज्ञाका कारण सेवा सञ्चालन हुनसकेको थिएन । सरकारले असारदेखि नै अरु क्षेत्र खुलाएको भए पनि यातायात व्यवस्था विभागले सङ्क्रमण बढ्नसक्ने भन्दै अनुमतिपत्र खुलाएको थिएन । उपत्यकालगायत देशभरमा अनुमतिपत्र लिन चाहनेको सङ्ख्या धेरै छ ।

Related News

विमानस्थलबाट अमेरिकी डलरसहित दुईजना पक्राउ
विमानस्थलबाट अमेरिकी डलरसहित दुईजना पक्राउ
  • २०७८ कार्तिक १६, मंगलवार १३:४६ गते

काठमाडौं महानगरपालिका-९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ हजार अमेरिकी डलरसहित ताप्लेजुङ पाथीभरा याङवरक गाउँपालिका-७ बस्ने ३४ वर्षीय रविन इजाम समेत...

बानेश्वरमा शिक्षक र प्रहरीबीच भिडन्त
बानेश्वरमा शिक्षक र प्रहरीबीच भिडन्त
  • २०७८ कार्तिक १६, मंगलवार १३:४६ गते

सरकारले सदनमा दर्ता गरेको शिक्षा विधेयकको विरोध गर्दै देशभरबाट काठमाडौं उत्रिएका आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँ बानेश्वरमा भिडन्त भएको छ।...

गोरखामा यात्रुवाहक बस एकआपसमा ठोक्कियो
गोरखामा यात्रुवाहक बस एकआपसमा ठोक्कियो
  • २०७८ कार्तिक १६, मंगलवार १३:४६ गते

गोरखामा गोरखा दरौदी यातायातको यात्रुवाहक बस एक आपसमा ठोक्किएको छ । भीमसेन थापा गाउँपालिका–५ को बगुवामा बुधबार बिहान १० बजे...

TOP