२०७९ चैत्र १०
March 24, 2023, Friday

संरक्षित वन्यजन्तु गैंडाको खाग जस्तो वस्तु सहित २ जना पक्राउ

संरक्षित वन्यजन्तु गैंडाको खाग जस्तो वस्तु सहित २ जना पक्राउ

काठमाडौं ।  संरक्षित वन्यजन्तु गैंडाको खाग (आखेटोपहार) जस्तो ९ सय ग्राम तौल बराबरको १ थान वस्तु सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा तनहुँ शुक्लागण्डकी नगरपालिका-१० बस्ने ३४ वर्षीया फूलमाया बिक र काठमाडौं तार्केश्वर नगरपालिका-६, धर्मस्थली बस्ने २८ वर्षीय सुसन सुनार रहेका छन् । काठमाडौं महानगरपालिका-४ सुकेधारा क्षेत्रमा संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय
केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई गैंडाको खाग जस्तो देखिने उक्त बस्तु सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई बरामद सामान सहित आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा बुझाइने उक्त ब्यूरोले जनाएको छ ।

Related News

इस्लाम धर्मावलम्बीहरुको रमजान पर्व सुरु
इस्लाम धर्मावलम्बीहरुको रमजान पर्व सुरु
  • २०७८ कार्तिक १६, मंगलवार १८:०१ गते

काठमाडौं, इस्लाम धर्मावलम्बीहरूको मुख्यपर्व रमजान सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको यो पर्वमा मुस्लिम धर्मालम्बीहरू एक महिनासम्म दिनभरी निराहार...

नेपाल प्रहरीमा ४ एआईजीका लागि प्रतिस्पर्धामा ११ डीआईजी
नेपाल प्रहरीमा ४ एआईजीका लागि प्रतिस्पर्धामा ११ डीआईजी
  • २०७८ कार्तिक १६, मंगलवार १८:०१ गते

काठमाडौ, नेपाल प्रहरीमा शनिबारदेखि ४ जना अतिरिक्त महानिरीक्षक (एआईजी) रिक्त हुने भएको छ। हालका तीन एआईजी अवकाश हुने र एक...

यातायात कार्यालयमा भ्रष्टाचार अभियोगमा तीन उपसचिवलाई आठ वर्ष कैद
यातायात कार्यालयमा भ्रष्टाचार अभियोगमा तीन उपसचिवलाई आठ वर्ष कैद
  • २०७८ कार्तिक १६, मंगलवार १८:०१ गते

काठमाडौँ, विशेष अदालतले राजस्व हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर भएका ११ कर्मचारीको सजाय निर्धारण गरेको छ । यातायात...

TOP