२०७९ चैत्र १०
March 24, 2023, Friday

सभ्य समाजका लागि सबै वर्गको समुचित विकास आवश्यकः प्रदेश प्रमुख गुरुङ

सभ्य समाजका लागि सबै वर्गको समुचित विकास आवश्यकः प्रदेश प्रमुख गुरुङ

काठमाडौं । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सभ्य समाज निर्माणका लागि सबै वर्ग र समुदायको समुचित विकास हुनु आवश्यक भएको बताउनुभएको छ ।

पोखरा महानगरपालिका–२५ हेमजामा निर्माण गर्न लागिएको मानवसेवा आश्रमको भवन निर्माण सहयोगार्थ आज आयोजित बृहत् सांस्कृतिक देउसी भैलो कार्यक्रममा उहाँले सबै वर्ग र समुदायको विकासबाट मात्रै राष्ट्रको विकास सम्भव हुने बताउनुभयो ।

विभिन्न कारणबाट एक्लो महसुस गर्दै मानिस सडक मानवका रुपमा पुग्ने गरेको बताउँदै उहाँले उनीहरूलाई त्यसबाट मुक्त गर्दै सामाजिक जीवनमा पुनःस्थापित गर्ने काम मानवसेवा आश्रमले गरिरहेको उहाँले बताउनुभयो । समाजमा सबैले समान अधिकार उपयोग गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै उहाँले एकापसमा हातेमालो गर्दै सहयोगी भावनाका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यले मानवसेवा आश्रमबाट सडक मानवमुक्त समाज निर्माणका लागि चालिएको अभियान प्रशंसनीय भएको बताउँदै मानवसेवा आश्रमलाई कहिल्यै अध्याँरो हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा भागवत्भाष्कर कमलनयन गौतम, रमण भट्टराई, चिरन बराललगायतले भवन निर्माण अभियानलाई सबैको साथ र सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।रासस

Related News

बागमती सरकारबाट बाहिरियो एमाले, मन्त्रीले दिए सामूहिक राजिनामा
बागमती सरकारबाट बाहिरियो एमाले, मन्त्रीले दिए सामूहिक राजिनामा
  • २०७८ कार्तिक १६, मंगलवार १८:३२ गते

हेटौंडा, बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक...

जनगणना २०७८ : तराईमा बढ्दै, पहाड र हिमालमा घट्दै
जनगणना २०७८ : तराईमा बढ्दै, पहाड र हिमालमा घट्दै
  • २०७८ कार्तिक १६, मंगलवार १८:३२ गते

काठमाडौं, जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा बढ्दै जाँदा पहाड र हिमालको जनसंख्या भने खुम्चँदै गएको छ । आज शुक्रबार सार्वजनिक...

गण्डकी सरकाकरलाई दिएको सर्मथन फिर्ता लियो माओवादीले, एमालेका मुख्यमन्त्री अल्पमतमा
गण्डकी सरकाकरलाई दिएको सर्मथन फिर्ता लियो माओवादीले, एमालेका मुख्यमन्त्री अल्पमतमा
  • २०७८ कार्तिक १६, मंगलवार १८:३२ गते

पोखरा, गण्डकी प्रदेश सरकारको मुख्य साझेदार नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। समर्थन फिर्तासँगै दुई...

TOP