काठमाडौं । सम्मानजनक बहिर्गमनको माग गरेर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले अल्मल्याउने नीति लिएको भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरुले आज बन्दी प्रत्यक्षीकरणको मुद्दा नहेर्ने निर्णय गरेका छन् ।
सोमबार बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गरेका उनीहरुले मंगलबार भने सुनुवाइ गरेनन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार १० जना न्यायाधीशको ५ वटा संयुक्त इजलास तोकेका छन् । तर न्यायाधीशहरुले मुद्दाको सुनुवाइ गरेका छैनन् ।
जबराको सम्मानजनक बहिर्गमनको प्रस्तावमा न्यायाधीशहरूबीच मंगलबार भएको सामूहिक छलफलमा न्यायालय सुधारको माग बेवास्ता गरेको र अल्मल्याउने नीति मात्रै लिएको भन्दै न्यायाधीशहरु असन्तुष्ट भएका हुन् ।
काठमाडौ, क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा अन्तिम सुनुवाइका लागि आज (सोमबार)का लागि पेशी तोकिएको छ। जिल्ला अदालत काठमाडौंमा...
काठमाडौ, नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक मंगलबार बिहान ९ बजेका लागि...
काठमाडौं, मन्त्रिपरिषद् विस्तारमा सकस देखिएको छ । विश्वासको मत लिएको ८ दिन वितिसक्दा पनि प्रधामन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गर्न...