२०८० चैत्र १६
March 29, 2024, Friday

चण्देश्वर श्रेष्ठले भने-प्रधानन्यायाधीशलाई एक मिनेट पनि पदमा बस्ने अधिकार छैन

चण्देश्वर श्रेष्ठले भने-प्रधानन्यायाधीशलाई एक मिनेट पनि पदमा बस्ने अधिकार छैन

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्देश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई एक छिन पनि पदमा बस्ने अधिकार नभएको बताएका छन् ।

 श्रेष्ठले तत्काल राजीनामा दिन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई आग्रह गरेका छन् । उनले देशभरका कानुन व्यवसायी र जनता सडकमा उत्रिए सहज बहिर्गमन नहुने चेतावनी पनि प्रधानन्यायाधीश राणालाई दिए ।

‘देशभरका कानुन व्यवसायी र आमजनता सडकमा उत्रिए भने सहज बहिर्गमन हुन्छ कि राजीनामा दिएर जाँदा,’ उनले प्रश्न गर्दै भने, ‘भोलि महाअभियोग लगाएर निक्लिनु सहज र सम्मानजनक बहिर्गमन हुन्छ कि राजीनामा दिएर अहिले जाँदा आफैँ सोच्नुस् ।’

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश राणाले न्यायपालिकालाई नै सिध्याउने खेलमा लागेको बताए । ‘न्यायपालिकालाई सिध्याउने खेल भएको छ । यसमा तपाईंको ठूलो हात छ,’उनले भने, ‘त्यसैले तुरुन्तै राजीनामा दिनुस् ।’

Related News

जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने
जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने
  • २०७८ कार्तिक १६, मंगलवार १३:५२ गते

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) बागमती प्रदेशले आगामी चैत २४ गते विशाल जनप्रदर्शनसहित प्रदेश भेला गर्ने...

समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
  • २०७८ कार्तिक १६, मंगलवार १३:५२ गते

काठमाण्डौ – सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।  मङ्गलवारसम्म २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको भूमि...

रास्वपाबाट अलग भए रमेश खरेल
रास्वपाबाट अलग भए रमेश खरेल
  • २०७८ कार्तिक १६, मंगलवार १३:५२ गते

रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएका छन् । केन्द्रीय सदस्य रहेका खरेल बुधबार राजीनामा बुझाएका हुन् ।...

TOP