२०८१ बैशाख ७
April 19, 2024, Friday

यमनमा हुथी विद्रोहीको आक्रमणमा २५ जना मारिए

यमनमा हुथी विद्रोहीको आक्रमणमा २५ जना मारिए

काठमाडौं । यमनको उत्तरपूर्वी प्रान्त मारिबमा हुथी विद्रोहीहरुले गरेको आक्रमणमा परी कम्तीमा पनि २५ जना सर्वसाधारण मारिएका छन् ।

हुथीहरुले यहाँको एक मस्जिदमा आक्रमण गरेका यमनी सेनाले जनाएको छ । यमनी सेनाका अनुसार उक्त आक्रमणमा परी कम्तीमा पनि २५ जना सर्वसाधारण मारिएका छन् । हुथीहरुले सोमबार क्षेप्यास्त्र हानेका थिए । त्यस क्षेप्यास्त्र प्रहारका कारण यहाँको सो मस्जिद ध्वस्त भएको छ ।

उता दुई दिन मात्र अघि पनि यहाँका हुथी विद्रोही र यमनी सैनिकबीच भिडन्त भएको थियो । त्यसमा परी २४ जनाको ज्यान गएको थियो । यमनको मध्य क्षेत्रीय प्रान्त अल बायदामा सो भिडन्त भएको थियो । उक्त क्षेत्रमा यहाँको सैनिकले हुथीहरुका विरुद्धमा कारबाही चलाएको थियो ।
हुथी विद्रोहीहरुले समयसमयमा यहाँको सेनामाथि पनि आक्रमण गर्ने गरेका छन् ।

सो क्षेत्रमा केही समययतादेखि विद्रोहीहरुले आफ्ना क्रियाकलापहरु बढाएका र सरकारका सुरक्षा निकायहरुले पनि निगरानी राखिरहेको बताइएको छ ।रासस

Related News

म्यानमारमा रकेट आक्रमणमा चारको मृत्यु, १२ घाइते
म्यानमारमा रकेट आक्रमणमा चारको मृत्यु, १२ घाइते
  • २०७८ कार्तिक १६, मंगलवार १४:०९ गते

याङ्गुन (म्यान्मा), वैशाख ३ गते । मध्य म्यानमारको माण्डाले क्षेत्रको पिन ऊ ल्विनमा भएको रकेट आक्रमणमा चार जनाको मृत्यु हुनुका साथै...

पाकिस्तानमा ट्रक दुर्घटना, १७ जनाको मृत्यु, ३५ घाइते
पाकिस्तानमा ट्रक दुर्घटना, १७ जनाको मृत्यु, ३५ घाइते
  • २०७८ कार्तिक १६, मंगलवार १४:०९ गते

इस्लामावाद, चैत २९ गते । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको हब जिल्लामा भएको ट्रक दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै ३५...

मोजाम्बिकको समुद्रमा डुङ्गा डुब्दा ९१ जनाको मृत्यु
मोजाम्बिकको समुद्रमा डुङ्गा डुब्दा ९१ जनाको मृत्यु
  • २०७८ कार्तिक १६, मंगलवार १४:०९ गते

काठमाडौँ । अफ्रिकी देश मोजाम्बिकको समुद्रमा एउटा डुङ्गा डुब्दा ९१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धेरै बालबालिका रहेको...

TOP