२०७९ भाद्र २
August 18, 2022, Thursday

कार्यवाहक प्रधानमन्त्री खाँण सुर्खेतमा

कार्यवाहक प्रधानमन्त्री खाँण सुर्खेतमा

काठमाडौं ।  प्रधानमन्त्रीको कार्यभारसमेत सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाँण सुुदूरपश्चिम क्षेत्रका डडेल्धुरा, बझाङ र बैतडीका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा यहाँ आइपुग्नुभएको छ ।

मन्त्री खाँणले ती जिल्लाको बाढी पहिरो प्रभावित क्षेत्रका स्थानीयवासीसँग क्षति र पुनःनिर्माणका लागि चाल्नुपर्ने कदमबारे अन्तक्र्रियासमेत गर्नुहुने छ । गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म ती जिल्लामा भएका बाढीपहिराको घटनामा परी ठूलो जनधनको क्षति भएको थियो ।

गृहमन्त्रीलाई खाँणलाई कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीलगायतका नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले स्वागत गर्नुभयो । गृहमन्त्रीका साथ ती जिल्लाका सांसद्, पूर्वमन्त्री एवं जनप्रतिनिधि र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेललगायत सहभागी हुनुहुन्छ ।

Related News

धरानको जनता विना म कोही होइन : हर्क साम्पाङ
धरानको जनता विना म कोही होइन : हर्क साम्पाङ
  • २०७८ कार्तिक १७, बुधबार १०:२६

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो ५ वर्ष कार्यकालमा न निदाइकन कान गर्ने बताएका छन् । उनले आफ्नो...

प्रहरीको अ.स.इ देखि राष्ट्रिय अनुसन्धानमा जागिर लगाउने बाहानमा ठगी
प्रहरीको अ.स.इ देखि राष्ट्रिय अनुसन्धानमा जागिर लगाउने बाहानमा ठगी
  • २०७८ कार्तिक १७, बुधबार १०:२६

काठमाडौं । प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानमा जागिर लगाइदिने भन्दै लाखौँ पैसा ठगी गरिएको कुरा खुल्न आएको छ । बारा...

मजदुरी गरेको पैसा नदिई ठेकेदार फरार 
मजदुरी गरेको पैसा नदिई ठेकेदार फरार 
  • २०७८ कार्तिक १७, बुधबार १०:२६

काठमाडौं । ठेकेदार राज कुमार तामाङले मजदुरको पारिश्रमिक रकम नदिई फरार भएपछि गुनासो गर्दै पीडित हाम्रो मिडियामा आएका छन् ।...

TOP