२०७९ चैत्र ९
March 23, 2023, Thursday

दसैँपछि तिहार बिदाअगाडिको समय सेयर लगानीकर्ताका लागि सकारात्मक

दसैँपछि तिहार बिदाअगाडिको समय सेयर लगानीकर्ताका लागि सकारात्मक

काठमाडौं । दसैँपछि तिहार बिदाअगाडिको समय सेयर लगानीकर्ताका लागि सकारात्मक भएको छ । तिहारअगाडिको अन्तिम कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से ५.२२ अंकले बढेर २८४८.८४ अंकमा बन्द भएको छ ।

६ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

समूहगत परिसुचक तर्फ बैंकिङ, विकास बैंक , जलविद्युत, वित्तीय, उत्पादन तथा प्रशोधन , अन्य , माइक्रोफाइनान्स र सामूहिक लगानीकोष समूहको सुचाङ्क बढेको छ भने व्यपार , होटल तथा पर्यटन, जीवन बीमा, नीर्जीवन बीमा र लगानी समूहको सुचाङ्क घटेको छ ।

उत्पादन तथा प्रशोधन समूहको सुचाङ्क सबैभन्दा धेरै २३.२ अंकले बढेको छ भने नीर्जीवन बीमा समुहको सबैभन्दा धेरै ११३.४४ अंकले घटेको छ । महालक्ष्मी विकास बैंक, साहास उर्जा र आईसीएफसी फाइनान्स कम्पनीको सेयर कारोबारमा सकारात्मक सर्किटब्रेक लागेको छ ।

बुधबार धेरै शेयर मूल्य बढ्ने पहिलो नम्बरमा महालक्ष्मी विकास बैंक देखिएको छ । महालक्ष्मी विकास बैंकको शेयर मूल्य १० प्रतिशतले बढेर ८०३ रुपैयाँ पुगेको छ । 

Related News

विदेश जाने युवालाई दुःख दिने र ठगी गर्ने काम स्वीकार्य हुन्न : प्रधानमन्त्री दाहाल
विदेश जाने युवालाई दुःख दिने र ठगी गर्ने काम स्वीकार्य हुन्न : प्रधानमन्त्री दाहाल
  • २०७८ कार्तिक १७, बुधबार १६:०७ गते

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले रोजगारीका लागि विदेशमा जाने युवाहरूलाई कुनै पनि रूपले दुःख दिने काम, ठगी गर्ने, ढिलासुस्ती अब स्वीकार्य...

दमक पुुुगेर पूर्वराजा ज्ञानेन्द्रलाई सुुुटुुुक्क भेटे राप्रपा शीर्ष नेताहरुले
दमक पुुुगेर पूर्वराजा ज्ञानेन्द्रलाई सुुुटुुुक्क भेटे राप्रपा शीर्ष नेताहरुले
  • २०७८ कार्तिक १७, बुधबार १६:०७ गते

काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । शाहलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु झापाको...

बागमतीमा कांग्रेसले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिने
बागमतीमा कांग्रेसले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिने
  • २०७८ कार्तिक १७, बुधबार १६:०७ गते

हेटौंडा, नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत दिने भएको छ । बुधबार दिउँसो काठमाडौंमा बसेको बागमती प्रदेशसभा...

TOP