काठमाडौं । जिल्लाको सायल गाउँपालिकाका बाढीपहिरा पीडितलाई मङ्गलबार राहत रकम वितरण गरिएको छ ।
गत आसोज ३१ गते देखिको लगातारको वर्षासँगै आएको बाढीपहिरामा ज्यान गुमाएका परिवारलाई राहत रकम प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिनुभयो ।
बाढीपहिरामा ज्यान गुमाएका प्रतिपरिवारलाई रु दुई लाखका दरले पीडितकै घरमा गएर राहत रकम हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । “बाढी पहिरामा परी अकालमै ज्यान गुमाएका परिवारलाई प्रतिव्यक्ति रु दुई लाखका दरले राहत दिने सरकारको निर्णयानुसारको रकम आज मैले सम्बन्धित पीडितकै घरमा गएर हस्तान्तरण गरेको छु्”, उहाँले भन्नुभयो, “जिल्लाका अन्य क्षेत्रमा पनि राहत वितरण कार्य जारी छ ।”
जिल्ला प्रशासन कार्यालयका अनुसार सायल गाउँपालिका–१ रोकाया गाउँका वीरे रोकाया, वडा नं ४ भल्मा गाउँका जङ्ग विष्ट, वडा नं ५ डुमरीका हिरुवा लुहार र सोही वडा भालुमेलाका देव डुम्रेलका आफन्तलाई नेपाल सरकारका तर्फबाट रु दुई लाखका दरले र वडा नं ६ अम्ततोडा गाउँका मृतक आशीष कुञ्जेडा र सागर कुञ्जेडाका बुबा दिलबहादुर कुञ्जेडालाई रु तीन लाख नगद राहत हस्तान्तरण गरिएको हो ।
गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेल, उपाध्यक्ष विष्ना सिंह, प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दानबहादुर मल्ल, विपद् प्रभावित परिवारका सदस्य र अन्य सर्वसाधारणको उपस्थितिमा उक्त रकम वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
यसैगरी नेपाल रेडक्रस सोसाइटी डोटी शाखाका तर्फबाट पीडितका लागि खाने पकाउने भाँडाकुँडा, कम्बल तथा लुगाकपडा प्रदान गरिएको थियो । उता जिल्लाको शिखर नगरपालिका–११ की बाढीपहिराबाट मृतक मन्धरी बलायरका आफन्त, बोगटान गाउँपालिका–५ बस्ने मृतक चनरी नेपालीका पति इन्द्र नेपालीलाई समेत सरकारी राहत रकमको चेक हस्तान्तरण गरिएको छ ।
जिल्लामा बाढीपहिराबाट १५ जनाको मृत्यु भएको थियो भने एकजना बेपत्ता भएका छन् । अहिलेसम्म कम्तीमा पनि रु एक करोड मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ ।रासस
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) निकट युवा संघ नेपालले `राष्ट्रिय श्रम अभियान´ को सुरु गरेकोछ। आज...
काठमाडौ ! एकैपटक चारजना ब्यक्तिको मृगौला साटासाट गरि सल्यक्रिया गर्नु भनेको निकै चुनौती पुर्ण कार्य हो । गत साता सुमेरु...
काठमाडौंका सतुंगल र चाबहिलमा आगलागी हुँदा करिब एक करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । चन्द्रागिरि नगरपालिका(११ मा रहेको...