२०७९ माघ १६
January 30, 2023, Monday

मारिब सहर पुनः कब्जा गर्न हुथी विद्रोहीको तयारी

मारिब सहर पुनः कब्जा गर्न हुथी विद्रोहीको तयारी

काठमाडौं । यमनमा संघर्ष गरिरहेका हुथी विद्रोही समूहले देशको महत्वपूर्ण सहर मानिने मारिब सहरलाई पुनः कब्जामा लिने तयारी गरेका छन् । ती विद्रोहीहरुले सो सहरका महत्वपूर्ण स्थानहरुको कब्जा गरिसकेपछि फेरि यस सहरलाई पूर्ण रुपमा कब्जामा लिनका लागि सो तयारी गरेको बताएका हुन् ।

सरकारी सैन्य अधिकारीले नै आफूहरूको नियन्त्रणमा रहेको मारिब सहरका कतिपय महत्वपूर्ण स्थानहरुमा उनीहरुले कब्जा जमाएको बताएका छन् । हुथी विद्रोही समूहले यसअघि सो सहर पूरै नियन्त्रणमा लिएको भए पनि पछिल्लो समयमा सरकारी सेनाले फिर्ता गरेका थिए । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार हुथीहरुले सहरका विभिन्न नाकाहरुमा आफ्ना सेना र हातहतियारहरु लगेका छन् भने सहरका बाहिरी नाकाहरुमा उनीहरुका सशस्त्र विद्रोहीहरु तैनाथ गरी राखेका छन् ।

विद्रोहीहरूले नियन्त्रणमा लिएको यस सहरलाई हुथी विद्रोहीहरूले पहिलेदेखि नै दबाबमा राखेका थिए । उनीहरुले यो सहर पटक पटक आफ्नो कव्जामा लिने गरेका छन् । यो सहरलाई विद्रोहीहरुले रणनीतिक हिसाबले महत्वको ठान्ने गरेका छन् । विद्रोहीहरूले मालबोडा पहाडी क्षेत्र नै कब्जा गरेका छन्, देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने सिर्वाहमा झन्डै ४८ घण्टासम्म भएको दोहोरो भिडन्तपछि उनीहरूले कब्जा गरेका हुन्– एक सैन्य अधिकारीले भने ।

इरान समर्थित हुथी समूहले तेल खानी रहेका क्षेत्र भएकाले समेत मारिब क्षेत्रलाई नियन्त्रणमा लिने प्रयास लामो समयदेखि गर्दै आएको थियो । हुथी विद्रोही समूहले यसअघि सरकारी नियन्त्रणमा रहेको मारिब सहरमा तैनाथ सेनालाई लक्षित गरी दुई वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो । यमनको सरकारी सेनालाई भने साउदी अरबको समर्थन र सहयोग रहँदै आएको छ ।

मारिबमा यमनका अन्य क्षेत्रबाट पलायन भएर आएका झन्डै २० लाख मानिस रहेका छन् । यमनमा जारी गृहयुद्धका कारण १० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने लाखौँ मानिस अन्यत्र विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघले द्वन्द्वरत पक्षहरूलाई वार्तामा ल्याई युद्धविराम गराउने प्रयास गरे पनि अहिलेसम्म सफलता प्राप्त हुन सकेको छैन । यमनमा सन् २०१४ को अन्त्यदेखि गृहयुद्ध जारी छ ।

Related News

ओडिसामा प्रहरीले गोली चलाउँदा स्वास्थ्यमन्त्रीको ज्यान गयो
ओडिसामा प्रहरीले गोली चलाउँदा स्वास्थ्यमन्त्रीको ज्यान गयो
  • २०७८ कार्तिक १७, बुधबार १४:१३ गते

एजेन्सी, भारतको ओडिशाका प्रहरीको गोली लागेर स्वास्थ्यमन्त्री नव किशोर दासको आइतबार निधन भएको छ । आइतबार दिउँसो सार्वजनिक कार्यक्रममा जाने...

पाकिस्तानमा पुलबाट बस खस्दा ४० जनाको मृत्यु
पाकिस्तानमा पुलबाट बस खस्दा ४० जनाको मृत्यु
  • २०७८ कार्तिक १७, बुधबार १४:१३ गते

एजेन्सी, पाकिस्तानको दक्षिणपश्चिममा पर्ने एक स्थानमा एउटा बस पुलबाट खसेर आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको एक सरकारी अधिकारीले...

माडागास्करमा आँधीबाट १६ को मृत्यु, १९ बेपत्ता
माडागास्करमा आँधीबाट १६ को मृत्यु, १९ बेपत्ता
  • २०७८ कार्तिक १७, बुधबार १४:१३ गते

एजेन्सी, माडागास्करमा आँधीबाट कम्तीमा पनि १६ जनाको ज्यान गएको शुक्रबार बताइएको छ । त्यहाँ आँधीमा परेर कम्तीमा पनि १६ जनाको...

TOP