२०७९ चैत्र ९
March 23, 2023, Thursday

विभिन्न हातहतियार तथा नियन्त्रित लागूऔषध सहित पक्राउ

विभिन्न हातहतियार तथा नियन्त्रित लागूऔषध सहित पक्राउ

काठमाडौं । कपिलवस्तु, मायाँदेवी गाउँपालिका-८ बिजुवा चोकबाट हतियार र नियन्त्रित लागूऔषध सहित सोही गाउँपालिका-६ डुमरा बस्ने २२ वर्षीय फेराज अहमद मुसलमानलाईमंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

यूपी ५५ एफ ०८६६ नम्बरको मोटरसाइकलमाचाकरचौडाबाट पकडीतर्फ आँउदै गरेका उनलाई अस्थाई प्रहरी पोष्ट विजुवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा १ थान पेस्तोल, २८ थान कार्ट्रिज, नियन्त्रित लागूऔषध ४२ चक्की
स्पास्मो, २१ चक्की नाइट्राजेपाम, १ थान मोबाइल, ४ थान पेनड्राइप र १ थान वाईफाई स्पिडर समेत फेला पारी बरामद गरेको हो ।

गुल्मी, मुसिकोट नगरपालिका-४ बडागाउँ बस्ने ४६ वर्षीय दिपक काउछा मगरलाई १ थान भरुवा बन्दुक सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । आफ्नै श्रीमतीसँग सोहीठाउँस्थित धारापानी जंगलमा वन कुखुरा मार्ने क्रममा दिपकले भरुवा बन्दुक पड्काउँदा छर्रालागेर श्रीमती घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी वामीबाट खटिएको प्रहरीले
दिपकलाई सोही नगरपालिका-४ गजुङ्गाबाट पक्राउ गरेको हो ।

साथै घाइतेलाई जिल्ला अस्पताल तम्घासमा सामान्य उपचारपश्चात थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल हुँदै वीरेन्द्र सैनिक अस्पताल छाउनी काठमाडौंमा पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Related News

दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु
दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु
  • २०७८ कार्तिक १७, बुधबार १७:०४ गते

दैलेख, दैलेख सुर्खेत सडक खण्डको तालपोखरीमा मिनि ट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ । नेपालगन्जदेखि मनकामना ग्याँस...

१९०२ मेगावाटको मुगु कर्णाली अघि बढाउने तयारी, भारतीय कम्पनीसँग सम्झौता हुँदै
१९०२ मेगावाटको मुगु कर्णाली अघि बढाउने तयारी, भारतीय कम्पनीसँग सम्झौता हुँदै
  • २०७८ कार्तिक १७, बुधबार १७:०४ गते

काठमाडौ, सरकारले मुगु कर्णालीलाई जलाशययुक्त जलविद्युत् आयोजनालाई अघि बढाउने तयारी गरेको छ। अध्ययन भएका आयोजनामध्ये यो सबैभन्दा ठूलो जलविद्युत् आयोजना...

वैदेशिक रोजगारीमा रहेका र स्वरोजगार नेपाली आजदेखि सामाजिक सुरक्षा योजनामा
वैदेशिक रोजगारीमा रहेका र स्वरोजगार नेपाली आजदेखि सामाजिक सुरक्षा योजनामा
  • २०७८ कार्तिक १७, बुधबार १७:०४ गते

काठमाडौं, सरकारले वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगार रहेका नेपाली श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा जोड्दै छ । श्रम,...

TOP