२०७९ आश्विन ११
September 27, 2022, Tuesday

अपराध निर्मूल गर्न विशेष योजना तर्जुमा गरी काम गर्नुपर्ने – प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री

अपराध निर्मूल गर्न विशेष योजना तर्जुमा गरी काम गर्नुपर्ने – प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री

काठमाडौं ।  प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सीमा नाकामा हुने अपराध, लागूऔषधको अवैध कारोबार लगायतका अपराध निर्मूल गर्नका लागि प्रहरी कर्मचारीहरुले विशेष प्राथमिकताकासाथ आवश्यक कार्ययोजना तर्जुमा गरी काम गर्नुपर्ने बताउनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाही तथा मातहत कार्यालयका कार्यालय प्रमुख तथा कार्यरत  प्रहरी अधिकृत एवं जवानहरुलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा सोमबार निर्देशन दिनुहुँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताउनु भएको हो।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरीले गरेका हरेक क्रियाकलाप प्रहरी संगठनसँगजोडिने हुनाले प्रहरी कर्मचारीहरुले आफ्नो कर्तव्य सदैव पारदर्शी रुपमा बहन गर्नुपर्ने उल्लेखगर्नुभयो । प्रहरी जीवन सार्वजनिक जीवन हो भन्नुहुँदै आफ्नो आचरण र व्यवहारमा अझै सुधारल्याउन, नम्र भाषा प्रयोग गर्न र खुसी साथ विना भेदभाव नागरिकलाई समान एवं प्रविधिमैत्रीसेवा प्रदान गर्न उहाँले निर्देशन दिनुभयो । महिला, बालबालिका र जेष्ठ नागरिकलाई उच्च प्राथमिकतामा राखी सेवा दिन उहाँले आग्रह समेत गर्नुभयो ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी कर्मचारीहरुले अपराध नियन्त्रण तथा सफलअनुसन्धान, तस्करी तथा सीमा अपराध नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण लगायतजनसरोकारका कार्य सञ्चालनको क्रममा स्थानीय प्रशासन, सरकारी वकिलको कार्यालय, अन्यसुरक्षा निकायहरु, स्थानीय तह लगायत सरोकारवाला निकायहरुसँग समन्वय राखी काम गर्नुपर्ने
बताउनुभयो ।

आन्तरिक मनोबल उच्च राख्न हरेक प्रहरी कार्यालयले प्रहरी नियमावलीमा भएकाव्यवस्था लागू गर्न र आफ्ना परिवारलाई पनि महत्व दिनेतर्फ ध्यान दिनुपर्नेमा उहाँले जोडदिनुभयो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालय सर्लाही परिसरको निरीक्षण समेत गर्नुभएको थियो । कार्यक्रममा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी वरिष्ठ उपरीक्षक मसाउद आलम खाँ, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईं लगायत प्रहरीअधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

Related News

मनास्लुमा हिउँ पहिरो-१३ जना बेपत्ता, १० भन्दा बढी घाइते
मनास्लुमा हिउँ पहिरो-१३ जना बेपत्ता, १० भन्दा बढी घाइते
  • २०७८ कार्तिक २२, सोमबार १६:३२

काठमाडौं। गोरखाको मनास्लु हिमालमा हिउँ पहिरो जाँदा १० जनाभन्दा बढी घाइते भएका छन्। १३ जना बेपत्ता भएका छन्। चुमनुब्री गाउँपालिका...

निर्वाचन आयोगले एमाले र गठबन्धनसहित सबै दलको बन्दसूची सच्याएर पठाउन गर्यो पत्राचार
निर्वाचन आयोगले एमाले र गठबन्धनसहित सबै दलको बन्दसूची सच्याएर पठाउन गर्यो पत्राचार
  • २०७८ कार्तिक २२, सोमबार १६:३२

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि ४८ वटै दलले पेस गरेको बन्दसूची नमिलेको निर्वाचन आयोगले जनाएको छ...

अछाम एकीकृत समाजवादीको जिल्ला कमिटी नै एमालेमा समाहित
अछाम एकीकृत समाजवादीको जिल्ला कमिटी नै एमालेमा समाहित
  • २०७८ कार्तिक २२, सोमबार १६:३२

अछाम, नेकपा एकीकृत समाजवादी पार्टीको अछाम जिल्ला कमिटी पूरै एमालेमा समाहित भएको छ। सोमबार एमाले पार्टी कार्यालय च्यासलमा जिल्ला कमिटी...

TOP