काठमाडौं । नुवाकोट, ककनी गाउँपालिका-१ ठुलो खोला पाँचमाने बस्ने ६१ वर्षीय पहलमान तामाङको गोठमा सोमबार बिहान आगलागी हुँदा सोही गोठमा सुतेका सो क्षेत्रमा ज्यालादारी गरी हिड्ने हाल वतन नखुलेका बाबुराम तिमल्सिना नाम बताउने करिब ६० वर्षीय पुरुषको आगलागी परी सोमबार बिहान मृत्यु भएको छ ।
आगलागीबाट करिब ३ लाख ९५ हजार रुपैयाँ बराबरको विभिन्न धनमाल जलेर नष्ट भएको छ ।
संखुवासभा, सिलिचोङ गाउँपालिका-५ निबुङ बस्ने रण बहादुर राईको घरमा केटाकेटीहरुले चुलोमा आगो खेलाउने क्रममा आइतबार दिउँसो आगलागी हुँदा घर, अन्नपात,लत्ताकपडा, भाँडावर्तन, काठपात लगायतका सामान जलेर करिब ५ लाख रुपैयाँ बराबरकोधनमाल नष्ट भएको छ ।
ईलाम, माई नगरपालिका-७ रातमाटे बस्ने सन बहादुर मगरको घरमा विद्युतको तारसर्ट भई आइतबार दिउँसो आगलागी हुँदा घर, सुनचाँदी, लत्ताकपडा, भाडावर्तन, अन्नपातजलेर करिब ७ लाख ५१ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
काठमाडौं, इस्लाम धर्मावलम्बीहरूको मुख्यपर्व रमजान सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको यो पर्वमा मुस्लिम धर्मालम्बीहरू एक महिनासम्म दिनभरी निराहार...
काठमाडौ, नेपाल प्रहरीमा शनिबारदेखि ४ जना अतिरिक्त महानिरीक्षक (एआईजी) रिक्त हुने भएको छ। हालका तीन एआईजी अवकाश हुने र एक...
काठमाडौँ, विशेष अदालतले राजस्व हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर भएका ११ कर्मचारीको सजाय निर्धारण गरेको छ । यातायात...