२०७९ चैत्र १८
April 1, 2023, Saturday

गृहमन्त्री भन्छन् – न्यायालयको विवाद सुल्झाउने तयारीमा सरकार जुटेको छ

गृहमन्त्री भन्छन् – न्यायालयको विवाद सुल्झाउने तयारीमा सरकार जुटेको छ

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले न्यायपालिकामा देखिएको विवाद गम्भीर रहेको बताएका छन् ।

 न्यायालयमा देखिएको विवाद सुल्झाउने तयारीमा सरकार जुटेको गृहमन्त्री बालकृष्ण खाँडले बताएका छन् ।  उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका स्वतन्त्र ढंगले नै चल्नुपर्ने बताउँदै अदालतको विवाद विवाद छिटो समाधान होस् भन्ने आफूहरूले चाहेको बताए ।

“न्यायापालिकामा विवाद देखिएको छ । त्यहाँको विवाद छिटै सुल्झियोस् भन्ने नै सरकारको चाहना छ,” उनले भने, “न्यायालयको विवाद संवेदनशील र गम्भिर छ । यसले धेरै कुरालाई प्रभावित बनाएको छ । छिट्टै सुल्झाउने तयारीमा सरकार लागेको छ ।”

नागरिकता विधेयकलगायत महत्त्वपूर्ण विधेयक छिट्टै पास हुने उनको भनाइ छ । “सदन व्यवस्थित रुपमा नचल्दा ढिलाई भएको छ,” उनले भने, “विपक्षीकै कारण सदन सञ्चालनमा समस्या आएको छ ।”

Related News

प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
  • २०७८ कार्तिक २२, सोमबार १४:१६ गते

काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...

देशका विभिन्न स्थानमा वर्षा जारी, चट्याङ र हावाहुरीबाट बच्न मौसम बिभागको अनुरोध
देशका विभिन्न स्थानमा वर्षा जारी, चट्याङ र हावाहुरीबाट बच्न मौसम बिभागको अनुरोध
  • २०७८ कार्तिक २२, सोमबार १४:१६ गते

काठमाडौ, आज (शनिबार) पनि देशभर मौसम बदली भएको छ भने देशका विभिन्न स्थानमा वर्षा जारी छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्...

पत्रकार सम्मेलन गर्दै रास्वपाका तीन उम्मेदवार
पत्रकार सम्मेलन गर्दै रास्वपाका तीन उम्मेदवार
  • २०७८ कार्तिक २२, सोमबार १४:१६ गते

काठमाडौ, आसन्न प्रतिनिधिसभा उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीनजना उम्मेदवारले आज पत्रकार सम्मेलनको आयोजना गर्दैछन् । १०...

TOP