काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से १९.२० अंकले घट्दै २८२९.६४ अंकको बिन्दुमा रोकिएको छ । आज २३० कम्पनीको ७२ लाख ७ हजार ३९६ कित्ता सेयर किनबेच भएको नेप्सेमा ४ अर्ब ४२ करोड रुपैयाँ बराबरको कारोबार भयो ।
नेप्सेमा गिरावट हुँदा पनि आज वित्त कम्पनी, लगानी र म्युचुअल फन्ड उपसूचक भने बढेको छ । वित्त कम्पनी उपसूचक ०.७८ प्रतिशत, लगानी उपसूचक ०.६७ प्रतिशत र म्युचुअल फन्ड उपसूचक ०.५१ प्रतिशतले बढेको छ ।
यता, बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा १.०५ प्रतिशतको गिरावट हुँदा विकास बैंक उपसूचक सवार्धिक १.२४ प्रतिशत र अन्य उपसूचक १.१६ प्रतिशतले घटेको छ । यस्तै निर्जीवन बिमा उपसूचक पनि १.०५ प्रतिशतले घटेको छ ।
आज नेप्सेमा कुल १८७ कम्पनीको सेयर कारोबारमा आउँदा १४२ कम्पनीको सेयरमूल्य घटेको छ भने ४२ कम्पनीको मूल्य बढेको छ । यस्तै ३ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ ।
काटमाडौं, मोटरसाइकल पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने विषयमा भौतिक पूर्वाधार मन्त्रालयमा छलफल भएपछि पक्ष र विपक्षमा बहस शुरु भएको...
काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...
काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई...