२०८१ बैशाख ७
April 19, 2024, Friday

तिहारपछिको पहिलो कारोबार दिन १९ अंकले घट्यो नेप्से

तिहारपछिको पहिलो कारोबार दिन १९ अंकले घट्यो नेप्से

काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से १९.२० अंकले घट्दै २८२९.६४ अंकको बिन्दुमा रोकिएको छ । आज २३० कम्पनीको ७२ लाख ७ हजार ३९६ कित्ता सेयर किनबेच भएको नेप्सेमा ४ अर्ब ४२ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

नेप्सेमा गिरावट हुँदा पनि आज वित्त कम्पनी, लगानी र म्युचुअल फन्ड उपसूचक भने बढेको छ । वित्त कम्पनी उपसूचक ०.७८ प्रतिशत, लगानी उपसूचक ०.६७ प्रतिशत र म्युचुअल फन्ड उपसूचक ०.५१ प्रतिशतले बढेको छ ।

यता, बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा १.०५ प्रतिशतको गिरावट हुँदा  विकास बैंक उपसूचक सवार्धिक १.२४ प्रतिशत र अन्य उपसूचक १.१६ प्रतिशतले घटेको छ । यस्तै निर्जीवन बिमा उपसूचक पनि १.०५ प्रतिशतले घटेको छ । 

आज नेप्सेमा कुल १८७ कम्पनीको सेयर कारोबारमा आउँदा १४२ कम्पनीको सेयरमूल्य घटेको छ भने ४२ कम्पनीको मूल्य बढेको छ । यस्तै ३ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ ।

Related News

सुनको भाउमा फेरि नयाँ रेकर्ड : तोलाको एक लाख ३९ हजार तीन सय रुपैयाँ पुग्यो
सुनको भाउमा फेरि नयाँ रेकर्ड : तोलाको एक लाख ३९ हजार तीन सय रुपैयाँ पुग्यो
  • २०७८ कार्तिक २२, सोमबार १६:२५ गते

काठमाण्डौ – सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ । आज तोलामा सात सय रुपैयाँले बढेर भाउ अहिलेसम्मकै उच्च तोलाको एक...

महसुल नतिरेपछि सम्राट सिमेन्टको काटियो विजुली
महसुल नतिरेपछि सम्राट सिमेन्टको काटियो विजुली
  • २०७८ कार्तिक २२, सोमबार १६:२५ गते

घोराही, वैशाख ५ गते। दाङको सतबरियामा रहेको सम्राट सिमेन्ट उद्योगले विद्युत महसुल नबुझाएपछि बिजुली काटिएको छ। सम्राट सिमेन्ट उद्योगले करिब ६...

१२ वर्षमा २८ हजार ७५० मेगावाट विद्युत उत्पादन हुन्छ
१२ वर्षमा २८ हजार ७५० मेगावाट विद्युत उत्पादन हुन्छ
  • २०७८ कार्तिक २२, सोमबार १६:२५ गते

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बस्नेतले १२ वर्षमा २८ हजार ७५० उत्पादन दाबी गरेका छन् । जलविद्युत आयोजना निर्माण...

TOP