काठमाडौं । सिरहा, गोलबजार नगरपालिका-६ बस्ने ज्योती नायकको ज्योती स्टिल फर्निचरको ,गोदाममा करेण्ट सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा फर्निचरका सामान जलेर करिब १२
लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
मोरङ, शनिश्चरे नगरपालिका(६ तित्रीझाङ बस्ने शुभल चन्द्रबंशीको घरको पूजाकोठामा बालेको दियोबाट आगो सल्किएर सोमबार बिहान आगलागी हुँदा घर, अन्नपात, फर्निचर, बिभिन्न सामान, कृषि विकास बैंकबाट जग्गा किन्नलाई लिएको नगद ३६ लाख ७७ हजार रुपैयाँ, ८ तोला सुन र २० तोला चाँदी समेत जलेर नष्ट भएको छ ।
कास्की, पोखरा महानगरपालिका(२७ लेखनाथ शिरोमणी गेट नजिक अम्बिका सुबेदीले संचालन गरेको “एस सुबेदी” किराना पसलमा सोमबार राति आगलागी हुँदा किराना पसलभित्र रहेका विभिन्न सामान जलेर करिब ४० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
काठमाडौं महानगरपालिका-९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ हजार अमेरिकी डलरसहित ताप्लेजुङ पाथीभरा याङवरक गाउँपालिका-७ बस्ने ३४ वर्षीय रविन इजाम समेत...
सरकारले सदनमा दर्ता गरेको शिक्षा विधेयकको विरोध गर्दै देशभरबाट काठमाडौं उत्रिएका आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँ बानेश्वरमा भिडन्त भएको छ।...
गोरखामा गोरखा दरौदी यातायातको यात्रुवाहक बस एक आपसमा ठोक्किएको छ । भीमसेन थापा गाउँपालिका–५ को बगुवामा बुधबार बिहान १० बजे...