काठमाडौं । विराटनगर हाटखोलास्थित मोरङ कारागारमा कैदीबन्दीबीच झडप हुँदा छ जना घाइते भएका छन्।
चौकीदार किरण गुरुङले यातना दिएको भन्दै कैदीबन्दीहरू आन्दोलित भएका हुन् ।गुरुङको निर्देशनमा नाइके र भाइनाइकेहरूले यातना दिएको कैदीबन्दीको आरोप छ । गुरुङसहित उनको समूहका १४ जना नाइके र भाइनाइकेहरूलाई जेलभित्रैको एउटा कोठामा थुनिदिएपछि विवाद बढेको हो ।
विराटनगर कारागारका नाइके किरण गुरूङ र अर्का कैदी कात्तिक कामतको समूहबीच झडप हुँदा ६ जना कैदीबन्दी घाइते भएका निमित्त जेलर रामप्रसाद पोखरेलले जानकारी दिए । ‘किरण गुरुङ भन्ने चौकिदारको टिमविरुद्ध अर्को एउटा टिम खडा भएको रहेछ, विवाद बढेपछि झडप हुँदा छ जना घाइते भएका छन्’, उनले भने ।
काठमाडौ, क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा अन्तिम सुनुवाइका लागि आज (सोमबार)का लागि पेशी तोकिएको छ। जिल्ला अदालत काठमाडौंमा...
काठमाडौ, नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक मंगलबार बिहान ९ बजेका लागि...
काठमाडौं, मन्त्रिपरिषद् विस्तारमा सकस देखिएको छ । विश्वासको मत लिएको ८ दिन वितिसक्दा पनि प्रधामन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गर्न...